site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युनाइटेड ट्रिनिटीका एक हिराे जर्ज बेस्ट
Sarbottam CementSarbottam Cement

एजेन्सी । बिजुलीको गति, अद्भूत ड्रिबलिङ क्षमता, सीप, डिफेन्डिङ स्टाइल र सन्तुलनले जर्ज बेस्टलाई अरुभन्दा पृथक बनाएको छ । उनी दुबै खुट्टाले फुटबल खेल्न सक्थे । बेस्ट प्रकृतिले दिएको विश्वका उत्कृष्ट फुटबल खेलाडी हुन् । उनी म्यानचेस्टर युनाइटेडका आजसम्मकै उत्कृष्ट फुटबल खेलाडी हुन् । उनीपछि डेनिस ल र सर बोबीचार्लटन पर्दछन् । यी तीन खेलाडीको मूर्ति बनाइएको छ । जसलाई युनाइटेड ट्रिनिटी भन्ने गरिन्छ । सन् १९६८ मा बेस्ट बालोन डी’ओर अवार्डले सम्मानित भएका थिए ।

यसैगरी उनलाई सन् १९९९ मा आईएफएफएचएसले २० औं शताब्दिका उत्कृष्ट खेलाडीहरुको सूचीको १६ औँ स्थानमा राखेको थियो । विश्व फुटबलका पिता पेलेले बेस्टलाई विश्वकै उत्कृष्ट फुटबल खेलाडी भनेर सम्मान गरेका थिए । आइरिस फुटबल एसोसियनले जर्ज बेस्टजस्तो खेलाडी आजसम्म आयरल्यान्डमा खेलेको छैन भन्दै वर्णन गरेको थियो ।

बेस्ट सन् १९४६ मे २२ मा आयरल्यान्डको बेलफास्टमा जन्मिएका थिए । बेस्ट सानैबाट फुटबलप्रति आकर्षित भएका थिए । फुटबल राम्रो खेलेको देखेर उनका साथीहरुले उनलाई फुटबलमा नै ध्यान दिन सल्लाह दिन्थे ।

Prabhu Bank
Agni Group
NIC Asia

म्यानचेस्टर युनाइटेडका स्काउट बोब बिशोपले बेस्टको प्रदर्शन देखेर प्रशिक्षक म्याट बुस्बीलाई टेलिग्राम पठाएका थिए । उक्त टेलिग्राममा लेखिएको थियो,“मलाइ लाग्छ मैले तिम्रोलागि प्रतिभा भेटाएको छु ।” बेस्टको स्थानीय क्लबले धेरै सानो र दुब्लो भयो भनेर क्लबमा अनुबन्ध गरेको थिएन । तर ग्लेनटोरन क्लबले उनको प्रतिभा नचिने पनि युनाइटेडले भने चिन्यो । १५ वर्षको उमेरमा नै उनी युनाइटेडमा अनुबन्ध भए ।

बेस्टले १७ वर्षको उमेरमा वेस्ट ब्रोमविच अल्बिओनविरुद्ध खेलेर क्लब करियरको सुरुवात गरेका थिए । त्यो दिन थियो १९६३ को सेप्टेम्बर १४ । पहिलो खेलपछि उनलाई रिजर्भमा राखियो । पहिलो खेलमा गोल नगरे पनि दोस्रो खेलमा भने उनले करियरको पहिलो गोल गरे । जुन खेल बन्लेविरुद्ध थियो । उक्त खेलमाबन्ले ५-० ले पराजित भएको थियो । त्यसपछि प्रशिक्षक म्याट बुस्बीले उनलाई टिममा राखे । १९६३-१९६४ को सिजनमा उनले युनाइटेडको लागि २६ खेल खेले जसमा ६ गोल गर्न सफल भए । डिभिजन लिग, एफए कपमा हार व्योहोरे पनि युनाइटेडले एफए युथ कप भने जित्न सफल भयो ।

Global Ime bank

१९६५ माभने बेस्टले युनाइटेडलाई फर्स्ट डिभिजन टाइटल दिलाए । त्यसपछि भने उनको क्लबमा छुट्टै स्थान बन्यो । त्यो समयमा विपक्षीका डिफेन्डरहरु बेस्टको सीपलाई हराउन रफ खेल खेल्थे । तर म्याट बुस्बीले भने बेस्टलाई चुनौतीको सामना गर्नको लागि पहिले नै तयार पारिसकेका हुन्थे ।

सन् १९६६ मार्च ९ माउनले यूरोपीयन कपको क्वार्टरफाइनलमा बेन्फिकाविरुद्ध २ गोल गरेका थिए । त्यो समयमा उनी जम्मा १९ वर्षका थिए । पोर्चुगलको मिडियाले उनलाई इल बिटल्सको उपमा दिएको थियो । सन् १९६७ मा बेस्ट, ल र चार्लटन मिलेर युनाइटेडलाई अर्को फर्स्ट डिभिजन टाइटल जिताए ।

सन् १९६८ मा युनाइटेडले फाइनलमा बेन्फिकालाई पराजित गर्दै युरोपियन कप हात पार्‍यो । युनाइटेड युरोपीयन कप जित्ने पहिलो इंलिस् क्लब हो । सन् १९६८ मा उनी बालोन डी’ओर अवार्डबाट सम्मानित भए । त्यतिबेला उनी जम्मा २२ वर्षका थिए ।

युनाइटेडका ट्रिनिटीले १९६८-१९६९ को सिजनमा पनि राम्रो प्रदर्शन गर्ने देखिएको थियो तर प्रशिक्षक म्याट बुस्बीले प्रशिक्षकबाट सन्यास लिए । बुस्बी त्यो समयका उत्कृष्ट प्रशिक्षक मानिन्थे ।

बेस्ट २७ वर्ष पुगिसकेपछि भने युनाइटेडबाट खेल्न छाडे । बेस्टले युनाइटेडको लागि ४७० खेलमा १७९ गोल गरेका थिए । बेस्टले युनाइटेड छाडेपछिउनको फुटबल प्रतिको लगाव हराएको थियो । कसैकसैले त उनले फुटबल प्रतिको मोह हराएर युनाइटेड छाडेको भन्ने गरेका छन् ।

युनाइटेड छाडे पछि उनी स्कटल्यान्ड, अस्ट्रेलिया, अमेरिका, आयरल्यान्ड र साउथ अफ्रिकाका क्लबमा खेल्न थाले । कुनै पनि क्लबमा उनी २ सिजनभन्दा बढी टिक्न सक्दैनथे । सन् १९८३ माउनले व्यावसायिक फुटबलबाट सन्यास लिए । युनाइटेडबाट करियरको सुरुवात गरेका उनी २० वर्षसम्म फुटबल खेले ।

राष्ट्रिय टिममा भने उनले जादु देखाउन सकेनन् । राष्ट्रिय टिमको लागि जम्मा ३७ खेल खेलेका बेस्टले जम्मा ९ गोल गरेका थिए ।

युवा अवस्थामा युनाइटेडमा आउँदा उनी निकै लजालु स्वभावका थिए । लामो कपाल, पपस्टारको जस्तो गेटअप गर्ने बेस्ट फुटबलका पहिलो सेलिब्रेटी थिए । समय बित्दै गयो । जीवनमा अनेक उतारचढाव आए । पछि उनले अनावश्यक रुपमा धेरै पैसा खर्च गर्न थाले, अल्कोहलमा डुबे, फुटबल करियर सकाए र आफ्नो जीवनमा अनेक समस्या निम्ताए । जसले गर्दा बाँकी रहेको जीवनमा उनले दु:ख पाए । सन् २००५ माउनी यो संसार छाडेर गए । त्यतिबेला उनी जम्मा ५९ वर्षका थिए ।
    

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC