site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सी भारत जानुअघि काश्मीरमा ‘यु टर्न’भएकै हो त चीन ? 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । काश्मीर मामिलालाई लिएर चीनले आफ्नो नीति बदलेको भनेर भारतले आँकलन गरेको पाइएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीनको भ्रमणमा गएको बेलामा चीनको तर्फबाट काश्मीरका बारेमा जुन धारणा राखियो, त्यो पाकिस्तानका लागि खुसी दिने खालको नभएको समेत भारतमा मूल्यांकन हुन थालेको  छ । चीनको विदेश मन्त्रालयले काश्मीरको बारेमा दिएको वक्तव्य पहिलाको भन्दा विपरीत भएको पाइएको छ । 

हालै चीनले काश्मीर समस्याको समाधान संयुक्त राष्ट्र संघको बडापत्र र उसको प्रस्ताव अनुसार हुनुपर्ने भन्दै आएकोमा अहिले चीनको विदेश मन्त्रालयले समस्याको समाधान दुई पक्षीय संवादको माध्यमबाट पाकिस्तान र भारतले समाधान गर्नुपर्ने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकारहरुको प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले मंगलबार भनेका थिए,‘‘काश्मीर मुद्दामा चीनको नीतिमा कुनै परिवर्तन आएको छैन । हाम्रो नीति बिल्कुल स्पष्ट रहेको छ । हामी भारत र पाकिस्तानलाई भन्छौं कि उनीहरुले काश्मीरका  बाँकी विवादको दुई पक्षीय माध्यम बाट सुल्झाउन् । यसले गर्दा दुवै देशमा भरोसा बढ्नेछ । साथै उनीहरुको सम्बन्ध सुध्रनेछ । यसबाट भारत र पाकिस्तान दुवैको समस्या समाधान हुनेछ ।’’

चीनका राष्ट्रपति सी आउँदो शुक्रबार र शनिबार दुई दिने भ्रमणका लागि भारत जाँदैछन् । यसअघि चीनले जम्मु काश्मीर मामिला सम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि भनेको थियो, ‘‘भारतले जम्मु काश्मीरको यथास्थितिमा कुनै छेडछाड नगरोस् ।’’ पाकिस्तानले यो मामिलालाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा लिएर जाँदा उसले त्यहाँ पनि पाकिस्तानको समर्थन गरेको थियो । 

Global Ime bank

यति मात्रै होइन केही दिन पहिला पाकिस्तानका लागि चीनका राजदूत याओ जिंगले काश्मीर विवादमा चीन पाकिस्तानको साथ भएको जनाएका थिए । सो भनाइप्रति भारतले कुटनीति तहबाट कडा आपत्ति जनाएको थियो । राजदूत याओले आफूहरु काश्मीरीलाई उनीहरुको  मौलिक अधिकार र इन्साफ दिलाउने कोशीस गरिरहेको समेत जनाएका थिए । 

तर चीन अब भनिरहेको छ— भारत र पाकिस्तानले  काश्मीरको मुद्दा दुई पक्षीय वार्ता मार्फत सुल्झाउनु जरुरी  छ । अर्को एक प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानलाई चीनको अहम् रणनीतिक सहयोगी बताउँदै दुवै देशबीच निकट रहेर वार्ता गर्ने परम्परा रहेको जनाएका थिए । 

उनले भारतलाई पनि चीनको महत्वपूर्ण छिमेकी बताएका थिए । उनले भनेका थिए, ‘‘भारत र चीन दुवै विकासशील मुलुक हुन् । दुवै उदीयमान ठूला बजार हुन् । गत वर्ष उहानमा भारत र चीनको बीचमा भएको शिखर वार्ताले सम्बन्धमा नयाँ लय पक्डेको छ । दुवै देश विभिन्न क्षेत्रमा आपसी सहयोगका साथ अगाडि बढिरहेका छन्  र मतभेदलाई संवेदनशील भएर सम्हालिरहेका छन् ।’’ 

(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC