site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फरार अभियुक्त धमाधम पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बाँके । अदालतबाट दोषी ठहर भएका र फरार अभियुक्तलाई बाँके प्ररीले धमाधम पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका अभियुक्त पक्राउ गर्ने अभियान चलाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

उनका अनुसार, उक्त अभियानका क्रममा चालू आर्थिक वर्षको तीन महीनामा मात्रै २१ जना कैद तथा जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका डाँकाचोरी, ज्यान मार्ने उद्योग, लागुऔषध, ठगी, चोरी, सवारी ज्यानलगायतका विभिन्न अपराधमा फरार २१ जना अभियुक्तलाई पक्राउ गरिएको हो । पक्राउ परेकाबाट रु नौ लाख ५७ हजार ५०० जरिवाना असुलीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

अदालतको फैसला कार्यान्वयन टोली बनाएर फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाउने अभियान सञ्चालनमा रहेको छ । जिल्ला प्रहरी कार्यालयले गत आव २०७५÷७६ मा विभिन्न मुद्दामा कैद तथा जरिवाना भएका ७८ जनालाई पक्राउ गरी अदालतमा बुझाएको थियो । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC