site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको असन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी आज दसैं मनाएका छन् । हाल काठमाडौँ महानगरपालिका–२७ मा पर्ने असन तथा त्यस वरपर क्षेत्रका तुलाधरले विजया दशमीको भोलिपल्ट विशेष बाजागाजासहित जात्रा गरी आसुरी शक्तिलाई परास्त गरेर उनीहरुले टीका, जमरा लगाउने प्रचलन छ । 

बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले राक्षसी प्रवृत्तिबाट मुक्त भई मानव कल्याणका लागि खड्ग जात्रा गर्ने परम्परा रहेको स्थानीय दिपेश तुलाधारले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासी आज बाजागाजासहित फरक भूमिकामा जात्रामा निस्केको दृश्य रौनक थियो । असन पुरानो व्यापारिक केन्द्र हो । 
यहाँ रहेको तुलाधर समुदायको कुल देवताको घरबाट जात्रा निकालिन्छ । जात्राका सहभागीले अन्नपूर्ण मन्दिर परिक्रमा गरेपछि त्यही घरमा गएर कुबिन्डो काटेर आसुरी शक्तिको नाश गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाइने परम्परा छ । कलात्मक शैलीमा दैत्यको चित्र बनाइएको दुई वटा कुबिन्डोमा बालकले मार हानेर असुरी शक्तिमाथि विजयी प्राप्त गरेको घोषणा गरिएको थियो । 

सम्राट अशोकले कलिङको युद्धमा लाखौं मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रुपमा मिश्रण गरिएको छ । 
भारतका विभिन्न स्थानमा बौद्ध अनुयायीले अशोकले अस्त्र परित्याग गरेको स्मरणमा प्रत्येक महाअष्टमीमा महोत्सवसमेत गर्ने गर्दछन् । जात्रापछि उनीहरुले आफन्त, नातागोता बोलाइ अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने परम्परा छ । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  २३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC