अमेरिकी हवाई आक्रमणमा तीस सर्वसाधारणको मृत्यु

अमेरिकी हवाई आक्रमणमा तीस सर्वसाधारणको मृत्यु

काबुल ।  पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् ।  सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ । 

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ । 

जस मध्ये ३० मारिएका हुन  ।  हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ । -एएफपी

प्रतिकृया दिनुहोस
ad