site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चीनका राष्ट्रपतिको स्वागतमा रातारात तयारी, राष्ट्रपति भण्डारीले नै गर्नेछिन् विमानस्थलमा स्वागत
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने नेपालको दुई दिने राजकीय भ्रमणका लागि राजधानीमा रातारात तयारी भइरहेको छ । ठाउँठाउँमा स्वागतद्वार र बिजुलीका पोलमा चीनका राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीका तस्बिरहरु राखिएका छन् । 

हिजो भ्रमणको औपचारिक घोषणा भएपछि उनको स्वागतको तयारीले गति पाएको हो । चीनका राष्ट्रपति सीको नेपाल भ्रमणका बारेमा आज बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरु तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श गर्दैछन् । 

राष्ट्रपति सी शनिबार काठमाडौं ओर्लिंदा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै विमानस्थलमा स्वागत गर्नेछिन् । साथै प्रधानमन्त्री केपी ओली पनि स्वागतमा जानेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले पछिल्लो समयमा राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा कसैलाई सवारी मन्त्री तोकेर उनैले विमानस्थलमा स्वागत गर्ने गर्दै आएको थियो । तर, यसपाली सीलाई विशेष महत्व दिन लागिएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले राष्ट्रपति भण्डारीले नै चीनका राष्ट्रपतिलाई विमानस्थलमा स्वागत गर्ने बाह्रखरीसँगको कुराकानीमा जानकारी दिए ।

Global Ime bank

चीनका राष्ट्रपतिको तहबाट यसपालि २३ वर्षपछि भ्रमण हुन लागेको हो । यसअघि सन् १९९६मा नेपाल आएका चीनका राष्ट्रपति जियाङ जेमिनलाई पनि तत्कालीन राजा वीरेन्द्र र प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा नै गएर स्वागत गरेका थिए । 

यद्यपि पहिला र अहिलेको चीनमा आकाश जमिनको फरक भइरहेको छ । त्यति नबोल्ने आफ्नै काम मात्रै गरिरहने भनेर बुझिने चीन अहिले आक्रामक विदेश नीति लिएर अघि बढिरहेको छ

चीनका अहिलेका राष्ट्रपति सीलाई तत्कालीन नेता माओत्से तुङपछि सबै भन्दा शक्तिशाली मानिने गरिएको छ । सी विचारधारालाई अहिले चीनले आफ्नो मुलुकको मार्गनिर्देशक सिद्धान्त बनाइरहेको छ ।

चीनका राष्ट्रपति आउँदा नेपाल रेल सम्बन्धी महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुन सक्ने जनाइएको छ । यसैगरी चीनले प्रस्ताव गरेको सुपुर्दगी सम्बन्धी सन्धीमा पनि हस्ताक्षर हुने सम्भावना रहेको जनाइएको छ । यद्यपि सरकारको तर्फबाट औपचारिक रुपमा जानकारी गराइएको छैन ।

सुपुर्दगी सन्धीका बारेमा मन्त्रिपरिषद्को बैठकले पास गरेको बारेमा आफूले पनि सुनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. अर्यालले जानकारी गराए । 

तर, त्यसमा के कस्ता बुँदाहरु पारिएका छन् भन्ने विषय भने खुलिसकेको छैन । चीनले आफ्नै विशेष प्रशासित क्षेत्र हङकङमा सुपुर्दगी सम्बन्धी विधेयककै कारण लामो समयदेखि आन्दोलन झेल्नुपरेकाले त्यसमा राखिने विषयवस्तुका बारेमा सतर्क रहनुपर्ने कूटनीतिक क्षेत्रले जोड दिँदै आएको छ । 

सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरिएको छ । जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने बुझिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC