site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति सीको नेपाल भ्रमणबारे भारतीय मिडियामा पनि चासो
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले भारत हुँदै नेपालको भ्रमण गर्न लागेको विषय भारतका मिडियामा पनि चर्चाको विषय बनेको छ । भारतीय मिडियामा चीनसँगको नेपालको रेल सम्बन्धका बारेमा चासो व्यक्त गरेको पाइएको छ  ।

राष्ट्रपति सी भोलिदेखि भारतको दुई दिने भ्रमणमा गएर त्यसपछि शनिबार नेपाल आउने हुन् । उनको नेपाल भ्रमणको क्रममा चीनसँग नेपालको रेलबारेमा कुराकानी हुन सक्ने कि नसक्ने भनेर भारतीय पत्रिका द हिन्दूको अनलाइन संस्करणमा लामो समाचार बनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सो समाचारमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि फोनमा कुरा गरिएको भन्दै उद्धृत गरिएको छ । रक्षामन्त्री पोखरेललाई उद्धृत गर्दै समाचारमा राष्ट्रपति सीको नेपाल भ्रमणमा रेल कनेक्टिभिटीको विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको जनाइएको छ । 

चीनका वरिष्ठ अधिकारीहरुले भने राष्ट्रपति सीको नेपाल भ्रमण चीन र भारतको सम्बन्धमा ‘प्लस’ हुने जनाएको समेत समाचारमा उल्ल्ोख गरिएको छ ।

Global Ime bank

चीनका उपमन्त्री लुओ झाओ हुइले हिन्दूसँगको कुराकानीमा भनेका छन्, ‘‘हामीलाई आशा छ, चीन–भारत प्लस सहयोग नेपालसम्म विस्तार हुनेछ । त्यो सहयोग भुटानसम्म विस्तार हुनेछ ।’’ लुओ केही अघिसम्म भारतका लागि चीनका राजदूत थिए । 

सो पत्रिकासँगको कुराकानीमा रक्षा मन्त्री पोखरेलले भने आफूहरुको कुनै ‘सपिङ लिस्ट’ नभएको जनाएका छन् । उनले यो भ्रमणलाई काठमाडौं र बेइजिङ सम्बन्धलाई मजबुत पार्ने अवसरका रुपमा लिएको जनाएका छन् । यो भ्रमणलाई काठमाडौं र बेइजिङबीच मित्रताको पुल बनाउने अवसरका रुपमा उपयोग गर्ने उनको भनाइ हिन्दूले उद्धृत गरेको छ ।  

सो समाचारमा रेलका अतिरिक्त जलविद्युत् परियोजना, आन्तरिक पूर्वाधार र फाइभजी नेटवर्कको बारेमा कुरा हुने समेत समाचारमा जनाइएको छ । 

भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच विगतमा भएका भेटवार्ताका क्रममा त्यस खालको सहयोग अफ्रिका र एशियाली देशमा पनि गर्ने भनिएको जनाइएको थियो । दुई देशबीच दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ‘चाइना–इण्डिया प्लस वान’ वा ‘चाइना–इण्डिया प्ल एक्स’ सहयोगको मोडल पनि  बेइजिङले प्रस्ताव गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC