site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उच्चस्तरीय भ्रमणलाई मौसमको पनि साथ, शनिबार र आइतबार मौसम सफा रहने
Sarbottam CementSarbottam Cement

काठमाडौं । छिमेकी चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा मौसमले पनि साथ दिने देखिएको छ । सी यही शनिबार दुई दिने भ्रमणका लागि नेपाल आउँदैछन् । झण्डै २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको हो । 

मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीसँगको कुराकानीमा बिहीबार बिहान भनिन्, ‘‘उच्चस्तरीय भ्रमणको बेलामा मौसम खराब हुँदैन । सामान्यतया सफा नै रहन्छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पूर्वी र मध्य भूभागमा आंशिक देखि सामान्य बदली भई पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज भने देशको पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पूर्वी पहाडमा आंशिक बदली र तराईका भूभागमा सामान्यतया सफा रहने जनाइएको छ । पूर्वका थोरै स्थानहरुका साथै मध्य र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

Global Ime bank

आज राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलीका साथै पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ । 

यस्तै शुक्रबार र शनिबार पनि मौसम पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । मनसुन पनि अब चाँडै बाहिरिने मौसमविद् मानन्धरले जनाइन् । मनसुन सेप्टेम्बर २३ देखि नै बाहिरिनुपर्नेमा यसपालि केही लम्बिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC