तीनकुने र बिजुलीबजारका पुल छोप्‍न राखिएका फ्लेक्स च्यातियो, दुईजना पक्राउ

तीनकुने र बिजुलीबजारका पुल छोप्‍न राखिएका फ्लेक्स च्यातियो, दुईजना पक्राउ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार दुई दिनका लागि काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि उनी सवार हुने रुटका सडकका खाल्डाखुल्डी टालेर चिल्लो बनाइएको छ भने ठाउँठाउँमा स्वागत गेट बनाइएको छ । त्यसैगरी बिजोग अवस्थामा रहेको तीनकुनेमा रुखबिरुवा रोपेर गार्डेन बनाइएको छ ।

तीनकुने र बिजुलीबजारमा निर्माणाधीन पुल पनि अलपत्र अवस्थामा रहेकाले तिनलाई पनि छोप्नुपरेको छ । पुल छोप्न ठूलाठूला फ्लेक्स लगाइएको थियो । ती फ्लेक्स बुधबार राति कसैले च्यातिदिएको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाइने प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
ad