site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चाडवाडमा ट्राफिक नियम उल्लंघन गर्ने २२ हजार कारबाहीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ट्राफिक प्रहरीले चाडवाडको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ९७२ जनालाई कारबाही गरिएको जनाएको छ । 

ट्राफिक प्रहरी कार्यालयले जारी गरेको बुलेटिनमा अग्रिम बुकिङ्ग टिकट नपाएको, टिकटमा भएको गाडी नम्बर र चढ्ने गाडी नम्बर फरक परेको, टिकटमा सिट नम्बर उल्लेख नभएको, भाडा बढी लिएको, टिकट काटेकोमा यात्रु नलिई गएको, नागढुंगा सडक खण्डमा ट्राफिक जाम बढी भएको लगायतका १४० वटा उजुरी यो अवधिमा परेको जनाएको छ । प्रहरीले असोज ५ देखि २२ गतेसम्मको एकमुष्ट रुपमा बुलेटिन निकालेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार यो बीचमा मापसे कारबाहीमा १ हजार ९३६ जना परेका छन् भने लामो दूरीका सवारी साधनमा अनिवार्य दुई चालक नराख्दा २६ जना कारवाहीमा परेका छन् । 

त्यसैगरी, हेल्मेटको प्रयोग नगर्ने र जिगज्याग तथा तीव्र गतिमा सवारी साधन चलाउने २७ जना, बढी भाडा लिँदा ३२१ जना, ओभरलोड तथा यात्रु छतमा राख्ने ४० जनालाई प्रहरीले कारवाही गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC