site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 यस क्षेत्रमा खुला, समावेशी, समृद्ध र स्थायित्वको वातावरण बनाउने सी-मोदी सहमति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच यस क्षेत्रमा खुला, समावेशी, समृद्ध र स्थायित्वको वातावरण बनाउने विषयमा सहमति भएको छ । 

शनिबार सी र मोदीबीच भएको १७ बुँदे सहमति पत्रको भारत पक्षले जारी गरेको विज्ञप्तिको ११ नम्बर बुँदामा यस क्षेत्रमा स्थायित्व र समृद्धि निर्माण गर्ने विषयमा प्रतबद्धता जनाइएको छ । 

सी-मोदी भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ को शुरू भएको बताएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने विषयमा प्रधानमन्त्री मोदी र चीनका सीबीच चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन चेन्नईको दक्षिणमा रहेको ऐतिहासिक ताज फिशरम्यान कोव रिसोर्टमा एक्ला एक्लै भेटवार्ता भएको हो ।

दुई नेताबीच विगत १८ महिनामा भएको यो दोस्रो भेटवार्ता हो । उहाँहरूबीच करिब डेढ बर्ष पहिले चीनको उहानमा भएको शिखर सम्मेलनका प्रतिवद्धतालाई कार्यान्वयन गर्न इमान्दार प्रयास जारी राख्ने सहमति भएको छ ।

Global Ime bank

“भेटवार्तामा दुवै पक्षले विवेकसम्मतरूपमा कुनै पनि बिषयमा रहेका मतभिन्नतालाई व्यवस्थापन गर्ने सहमति बनेको छ,” विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति सीले सम्मेलनका प्रतिनिधिमण्डलसँग आफ्नो मन्तव्य राख्दै आफू र भारतीय प्रधानमन्त्री मोदीबीच मित्रका हिसाबले खुला दिलले छलफल गरेको बताए । चीन–भारत उच्चस्तरीय आर्थिक व्यापारिक वार्ता प्रणालीको स्थापनाका आधारमा आर्थिक विकासको रणनितिक सम्पर्कलाई अझ प्रबर्द्धन गर्नुपर्ने र उद्योग व्यवसायको साझेदारी सम्बन्धको स्थापनाबारे छलफल गर्नुपर्ने धारणा राष्ट्रपति सीले राखेका छन् ।

भारतीय औषधी र सूचना उद्योग व्यवसायहरूमा चीनलाई लगानी लगाउन प्रधानमन्त्री मोदीले स्वागत व्यक्त गरेको जनाइएको छ । प्रधानमन्त्री मोदीले चीनसँगको वास्तविक सहकार्यलाई अझ बढी गहन पार्न भारत इच्छुक रहेको बताउनुका साथै चिनियाँ उद्योग व्यवसायहरूलाई भारतीय उद्योगमा लगानीका लागि अह्वान गरेका छन् । 

अमेरिकासँग संरक्षणवादी नीति लिएका दुवै मुलुकले आपसी बजारका लागिसमेत व्यापक पहुँच विस्तार गर्ने सहमति भएको बताइएको छ । 

यसबाहेक चीनले भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार, आतङ्कवाद विरोधी अभियान, क्षेत्रीय सुरक्षाको प्रत्याभूत गर्नेलगायतका बिषयमा पनि छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC