site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र दृष्टीकोणको खडेरी : पूर्वराष्ट्रपति
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर


काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र दृष्टिकोणको खडेरी भएको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले स्वर्गीय गिरिजाप्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताएका हुन् ।

तत्कालीन शसस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गरे । उनले भने, “अहिलेका नेताहरुमा न हृदय छ । न भिजन छ । होराईजन नै सानो देखिएको छ ।”

Global Ime bank

पूर्वराष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनीय रहेको बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रमसंगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजा प्रसाद कोइरालाको योगदान महत्वपुर्ण रहेको बताए । 

कार्यक्रममा नेताहरु शेखर कोइराला, डाक्टर रामशरण महत, सुजता कोइरालालगायतले स्वर्गीय कोइरालाको योगदानको चर्चा गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC