site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सप्तकोशी नदीमा साना पानीजहाजमा सरर (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

बराहक्षेत्र (सुनसरी) । सप्तकोशी नदीमा सञ्चालनमा आएका पानीजहाज (जेटबोट) ले तराईबाट पहाड उक्लने र माथिबाट तराई झर्ने यात्रुलाई निकै सहज भएको छ । नेपाली झन्डासहितका साना पानीजहाजमा चढ्न र जलयात्रा गर्नेहरुको यतिबेला कोशी किनारमा घुइँचो नै लाग्ने गरेको छ । 

सुनसरीको चतराघाट पुगेर जेटबोट चढेर मास्तिर भोजपुरतर्फ जाने, उताबाट तल तराई झर्ने र बराहक्षेत्रसम्म पुगेर दर्शन गर्न जानेहरुको उत्तिकै भीडभाड हुने गर्छ । सप्तकोशीको चतराघाटमा निर्माण भएको पुलबाट चार मिनेटको यात्रा गर्दा बराहक्षेत्र पुगिन्छ भने भोजपुरको सिम्ले पुग्न १६ मिनेट लाग्छ । 

घुमफिरमा जाने र बराहक्षेत्र दर्शनार्थीका लागि पनि यो सुविधाले निकै राहत मिलेको छ । बराहक्षेत्र दर्शन गर्न पुगेका बिर्तामोडका प्रज्वल भट्टराईले पहिलो पटक जेटबोट चढेर धार्मिक क्षेत्रसम्म पुगेको बताए । उनले भने ‘‘पानीमाथि जहाजमा चढेर बराहक्षेत्रसम्म पुग्दा निकै रमाइलो र रोमाञ्चक महशुस भएको छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

बराहक्षेत्र मेरिन रिसोर्ट प्रालिले सानो र ठूला ५० भन्दा धेरै यात्रु अटाउने जहाज सञ्चालनमा ल्याएको छ । दश–दश जना अट्ने साना बोट पनि ल्याएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले जहाज सञ्चालनको शुभारम्भ गरेका थिए । 

Global Ime bank

प्रालिले चार वटा जहाज चलाउन मिल्ने गरी सुनसरीको बराहक्षेत्र नगरपालिका १, चतराघाटमा आफ्नै पोर्ट र काउन्टर बनाएको छ । चारवटा जहाज ल्याउन र कोशी टापुमा रिसोर्ट बनाउन गरी जम्मा करिब ८ करोड १२ लाखको लगानी गरेको बताइएको छ । यसअघि ‘बराहक्षेत्र जल यातायात्र तथा पर्यटन सेवा प्रालि’ले २०७४ चैत १९ देखि कियान नामको एउटा जहाज सञ्चालन गरेको थियो । 

जेटबोट चलेपछि धनकुटा, भोजपुर र खोटाङका गाउँहरुमा जाने यात्रुले सेवा पाएका छन् । सप्तकोशीमा नेपाल रिभर ट्रान्सपोर्ट प्रालि र बरुण वाटरवेज प्रालिले २०५५ सालदेखि नै जेटबोट सञ्चालन थालेको थियो । 

सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिले सप्तकोसीमा चलाउनकै लागि नेपालमै जहाजको फिटिङ गरी सञ्चालनमा ल्याएको छ । करिब डेढ करोड खर्च गरेर जहाज निर्माण भएको सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिएका छन् । कार्कीले भने, ‘‘अहिले भने मर्मत गर्नुपरेकोले केही दिनदेखि बन्द छ । इन्जिनियर आएर मर्मत भई एकदुई दिनमै सञ्चालन गर्दैछौं ।’’ कार्कीले जेटबोट सञ्चालनमा आएपछि पहाडबाट तल झर्नेहरुको यात्रा निकै सहज र दूरी छोटिएको बताए । हालसम्म सुनसरीको चतराघाटबाट मात्र जहाज चलिरहेको छ । 

चतराघाटबाट चल्ने जहाज धनकुटाको त्रिवेणी, अरुण नदीको किनार सिम्ले, सुनकोसी नदीतर्फ चुवार, मचुवालगायतका ठाउँसम्म पुग्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC