site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली नेतालाई चीनका राष्ट्रपतिले के भने ? प्रचण्ड ‘भेट्रान राजनेता’, कांग्रेससँग ऐतिहासिक सम्बन्ध 
Ghorahi CementGhorahi Cement

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपालका सत्तापक्षका नेता र विपक्षी नेतालाई के भनेका थिए भन्ने विवरण चिनियाँ सञ्चार माध्यममा प्रकाशित भएको छ । ती समाचारमा जनाइएअनुसार सीले नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निकै महत्व दिएको पाइएको छ भने विपक्षी नेता शेरबहादुर देउवालाई पनि महत्व दिएको समाचारमा जनाइएको छ ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्समा जनाइअनुसार प्रचण्डसँगको भेटमा सीले भनेका थिए,‘‘तपाईँ नेपालको भेट्रान राजनेता र चिनियाँ जनताको असल र पुरानो साथी हुनुहुन्छ ।’’ चीन नेपाल सम्बन्ध विकासका लागि दाहालको उच्च महत्व रहेको उनले जनाएका थिए ।

सीले थपेका थिए,‘‘गतवर्ष तपाईँ र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर नेपाल कम्युनिस्ट पार्टी बनाउने राजनीतिक निर्णय गर्नु भएको छ । त्यसले नेपालको स्थिरता र आर्थिक विकासमा नयाँ चरण खुला गरेको छ ।’’

Agni Group

सीले प्रचण्डसँग भनेको उल्लेख गर्दै जनाइएको छ,‘‘चीन र नेपाल हिमाल र नदीबाट जोडिएका छन् तथा ओठ र दाँतजस्तै नजिक रहेका छन् ।’’

उनले सो अवसरमा नेपालले लामो समयदेखि चीनको मुख्य चासोमा गरेको दृढतापूर्वक समर्थनलाई चीनले प्रशंसा गरेको उल्लेख गर्दै सबैखाले दुई पक्षीय सम्बन्धलाई अझ गहिराईमा लैजान आफूले चाहेको बताएका थिए । 

Global Ime bank

उनले चीनले नेपालको विकासका लागि समर्थन र सहयोग गर्न चाहेको समेत बताएका थिए । सीले दाहाललाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को आधारभूत अनुभवको बारेमा पनि ब्रिफ गरेको उल्लेख गर्दै समाचारमा सीपीसीले नेकपासँग अन्तरपार्टी आदानप्रदानलाई बलियो बनाउन चाहेको र  यसका लागि नियमित संयन्त्र स्थापना गरिने जनाएको समेत उल्लेख छ । 

उनले पार्टी निर्माण र राज्यमा शासनका लागि एक अर्काको अनुभव आदानप्रदान गर्ने विषयमा जोड दिँदै मतभेदहरु अन्त्य गर्न अन्तर पार्टी सम्बन्धलाई आपसी सम्मान, आपसी सिकाइ र साझा धारणा बनाउने गरी अघि बढ्ने समेत जनाएका थिए ।

दाहालले सो अवसरमा सीलाई स्वागत गर्दै चीन स्थापनाको ७० औं वर्षगाँठको बधाई दिएका थिए । उनले नेपाली पक्षले सीपीसीसँग दीर्घकालीन सम्बन्ध अघि बढाउन चाहेको समेत जनाएका थिए । दाहालले सो अवसरमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सक्रियतापूर्वक सामेल हुन नेपालले चाहेको समेत उल्लेख गरेका थिए ।

उता प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा चीनका राष्ट्रपति सीले नेपाली कांग्रेस पार्टीको चीनसँग ऐतिहासिक सम्बन्ध भएको जनाएका थिए । ग्लोबल टाइम्समै राष्ट्रपतिलाई उद्धृत गर्दै जनाइएअनुसार शनिबार भएको सो भेटमा राष्ट्रपति सीले नेपाली कांग्रेसको शासनका समयमा सो पार्टीले चीन–नेपाल सम्बन्धका लागि गरेको योगदानलाई चिनियाँ जनताले बिर्सन नसक्ने जनाएका थिए । 

सीले सो अवसरमा चीन र नेपाल मित्रवत छिमेकी रहेको चर्चा गर्दै यी दुई सधैँ असल दाजुभाइ र असल मित्र रहेको बताएका थिए । उनले नेपालको जुन पार्टी सत्तामा रहे पनि त्यसले फरक नपर्ने जनाउँदै दुई देशले स्थिर र मित्रवत सम्बन्ध कायम राख्ने जनाएका थिए । 

चीनका राष्ट्रपतिले सो अवसरमा सीपीसीले नेपाली कांग्रेससँग सम्पर्क कायम राख्दै आदानप्रदान र सहयोग गर्न चाहेको जनाएका थिए । सो अवसरमा देउवाले भने चीनसँगको सम्बन्धलाई नेपालले ठूलो महत्व दिएको उल्लेख गर्दै लामो समयदेखि चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए । 

उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता जोगाउनका लागि गरेको मद्यतका लागिपनि धन्यवाद दिएका थिए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको चर्चा गर्दै चीन विरोधी पृथकतावादी गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिइने समेत जनाएका थिए ।  उनले बीआरआईमार्फत् आपसी सहयोग अघि बढ्ने कुरामा आशा समेत व्यक्त गरेका थिए । देउवाले सीपीसीसँग सम्बन्ध अघि बढाउन कांग्रेस तयार रहेको समेत जनाएको समाचारमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC