site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निश्चललाई भिनाजु भन्न स्वस्तिमालाई पर्‍यो अप्ठ्यारो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई धेरैले राष्ट्रिय दाइभाउजु भन्छन् । केही म्युजिक भिडियोमा फाट्फुट देखिएका यो रियल जोडीलाई दर्शकले निकै रुचाएका छन् । 

यही चर्चित रियल जोडी पहिलो पटक ठूलो पर्दामा रिल जोडीको रुपमा देखिने भएका छन् । यो अवसर जुराइदिएको हो चलचित्र ‘घामड शेरे’ले । 

Agni Group

 यही कात्तिक ८ गते रिलिज हुने चलचित्रको ट्रेलर आज रिलिज गरिएको छ । स्वस्तिमा र निश्चलको रियल लाइफमा जस्तै रिल लाइफमा पनि श्रीमान् श्रीमतीको रुपमा देखिँदैछन् । 

तर रिलिज भैसकेको एक शीर्ष गीत र ट्रेलरले यी दुई साली र भिनाजुको रुपमा पर्दामा देखिँदै छन् भन्ने प्रस्ट भैसकेको छ । रियल लाइफमा जस्तो सम्बन्ध भए पनि सुटिङ सेटमा गैसकेपछि स्वस्तिमाले निश्चललाई भिनाजु भन्नुपर्ने थियो । 
तर पहिलो चलचित्रमा श्रीमान्लाई भिनाजु भनेर सम्बोधन गर्न भने स्वस्तिमालाई निकै गाह्रो भएको थियो ।

Global Ime bank

चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै स्वस्तिमा भन्छिन्, “छायाँकनमा गैसकेपछि केहीदिन त भिनाजु–भिनाजु भनेर बोलाउन अप्ठ्यारो नै लागेको थियो । तर केही दिनपछि भने केही सजिलो हुन थाल्यो ।” 

चलचित्र ‘घामड शेरे’को निश्चल रियल लाइफमा भने त्यस्तो नभएको स्वस्तिमा बताउँछिन् । “चलचित्रमा जुन प्रकारको घामड हुन्छ, रियल लाइफमा त्यस्तो त हुनुहुन्न । हरेक कुरामा सम्झौता गर्ने उहाँ नै हुनुहुन्छ त्यसैले अरुको लागि त हुनुहुन्न । तर हाम्रो पर्सनल केहीकेही कुरामा चाँही हुनुहुन्छ होला,” उनले भने । 

स्वस्तिमा पछिल्लो समय हरेक चलचित्रमा नयाँ र फरक–फरक भूमिकामा देखिदे आइरहेकी छिन् । ‘होस्टेल रिर्टनस’की चुलबुल स्वस्तिमालाई बुलबुलकी जिम्मेवारीपूर्ण रणकलाले चलचित्र क्षेत्रमा पुरै नयाँ परिचयका साथ उभ्याइदिएइको थियो । 

अभिनयमा परिपक्व हुँदै आएकी स्वस्तिमा नयाँ चलचित्र ‘घामड शेरे’मा पनि फरक भूमिकामा नै देखिँदै छिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC