site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
पारस ! तिमी कप्तान भएकै सुहाउँछ

प्रिय पारस ! आईसीसीले क्यान निलम्बन फुकुवा गरेको २४ घण्टा नबित्दै तिमीले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएको खबरले म स्तब्ध भएँ । ममात्र होइन, नेपाली क्रिकेटलाई माया गर्ने हरेक समर्थक दुःखी भए । नेपाली क्रिकेट र पारस अनि पारस र नेपाली क्रिकेट एकअर्काको पर्यायजस्तै बनेको छ  । 

मलाई यो पनि थाहा छ, हरेक खेलाडीको जीवनमा उतारचढाव आउँछन् । एक दशक नेपाली टोलीको सफल कप्तानी गरेपछि ढिलोचाँडो तिमीले नयाँ पुस्ताका लागि बाटो छाड्नुपर्ने अवस्था त एकदिन आउँथ्यो नै, तर अहिले नै त्यो बेला भइसकेको थिएन । राजनीतिक अस्तव्यस्तता, नेतृत्वप्रतिको वितृष्णा जनमानसमा रहेको बेला नेपाललाई जोड्ने बलियो सूत्र थियो, क्रिकेट ।

Agni Group

तिमी नायक थियौ त्यही क्रिकेटको । अभाव, पीडा र दुःखको नियतिका बीच बेलाबेला हुने क्रिकेटले मजस्ता युवा उत्साहित हुन्थ्यौं । खै किन हो पारस, तिमी राष्ट्रको जर्सी लगाएर मैदान प्रवेश गर्दा मेरो मनमा बेग्लै अनुभूति हुन्थ्यो । लाग्थ्यो, पारस भए जेपनि सम्भव छ । नेपाली क्रिकेटको अभिभावक संस्था क्यान नै नभएको बेला तिमीले पूरै टिमलाई एक बनायौ । खेलिरह्यौ अभावका बीच, झेलिरह्यौ चुनौतीहरु । तर तिमी डगमगाएनौ । आफ्नो बल र ब्याटले जसले पनि प्रदर्शन गर्ला, त्योभन्दा ठूलो थियो तिम्रो नेतृत्व ।

एउटा पनि अन्तर्राष्ट्रिय खेल मैदान नभएको देशबाट तिमीले देश चिनाइरह्यौ । तिमी कहिले थाकेनौ मैदानमा रहँदा होस् या बाहिर रहँदा । तर पारस, जब नेपाली क्रिकेटको नयाँ युग सुरु हुने अपेक्षा गरियो, क्यानको निलम्बन फुकुवा भएर क्रिकेट नयाँ उचाइमा जाने बाटो खुल्यो, तिमी किन पछि हट्यौै ? किन यति अप्रिय निर्णय लियौ कप्तान ? 

Global Ime bank

हामीले देखेका छौं मैदानमा पारसले देशका लागि बगाएको सपना । हुन त तिमी सहजै तर्क गर्न सकौला, नयाँलाई नेतृत्वको अवसर दिएको हो भनेर । तर यति हतार किन ? जब नेपाली क्रिकेट तिम्रो नेतृत्वमा तिम्रो हात समाएर बामे सर्न खोज्दै थियो, त्यही बेला तिमी किन पछि हट्यौ ? प्रिय पारस, तिमी कप्तान भएकै सुहाउँछ ।

प्रिय पारस ! नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने यात्राका तिमी नायक हौ । तिम्रै कप्तानीमा देशले टि–ट्वान्टी वर्ल्डकप खेल्यो । नेपालको खेल भएको दिन मनमा बेग्लै खुसी हुन्थ्यो ।

युट्युबमा नेपालको खेल कहाँ लाइभ आउँछ भनेर खोजिन्थ्यो । त्योभन्दा बढी चासो हुन्थ्यो, तिमीमा । पारसले आज के गर्लान् ? तिम्रो ब्याटिङ बिग्रिए, बलिङमा चमत्कार होला नि भन्ने लाग्थ्यो । यो भरोसा तिमीले दिलाएका थियौ । हुन त आफू पछाडि सरेर अरुलाई नेतृत्वको अवसर दिने हिम्मत र फराकिलो छाती कमैको हुन्छ । तर बेला भइसकेको थिएन, अझै तिम्रो हात सामातेर अगाडि बढ्न चाहन्छ नेपाली क्रिकेट । त्यसैले आफ्नो अप्रिय निर्णय फिर्ता लेऊ । मैदानमा कप्तान बनेर फेरि आऊ । 

उही तिम्रो शुभचिन्तक केशव जोशी ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC