खेल
एजेन्सी । यूरो कप २०२० क्वालिफायर अन्तर्गत समूह जेको खेलमा फिनल्यान्डले अर्मानियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फिनल्यान्डले अर्मानियालाई ३–० ले पराजित गरेको हो । फिनल्यान्डका फ्रेड्रिक जेनसेनले ३१ औँ मिनेटमा अर्मानियाविरुद्ध पहिलो गोल गरेका थिए । पहिलो हाफमा उनको गोलबाट अग्रता लिएको फिनल्यान्डले दोस्रो हाफमा दुई गोल गरेको हो ।
६१ औं मिनेटमा टिमु पुक्कीको गोलबाट अग्रता दोब्बर बनाएको फिनल्यान्डले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । उक्त गोलसँगै फिनल्याण्ड ३–० को गोलअन्तरले विजय भएको हो । जितसँगै फिनल्यान्डले ८ खेलबाट १५ अंक जोडेको छ । अर्मानियाको ८ खेलबाट १० अंक छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६ ११:५६
प्रतिक्रिया दिनुहोस्