site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया रोक्न माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीमा जारी गैरआवासीय नेपाली संघको पदाधिकारी निर्वाचनविरुद्ध उजुरी परेको छ । एनआरएनएको चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको दावी गर्दै मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको हो ।

निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको दाबी गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन् । उजुरीमा छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उजुरीमा भनिएको छ, “संघको राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली २०१९ को नियम ३.१, संघद्वारा ३० अगस्ट २०१९ मा जारी सूचनाको बुँदा नम्बर १ तथा संघको ४ अक्टोबर २०१९ मा बसेको निर्णय बमोजिम जारी सूचना नम्बर ५ को बुँदा नम्बर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदाता नामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलब्ध नगराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरबदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु त्यस सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन् ।”

निवेदनमा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैरकानूनी कार्य अबिलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा मिति २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदन दर्ता गरिसकेको पनि उल्लेख छ ।

Global Ime bank

परराष्ट्र मन्त्रायलबाट विश्व सम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरी आवश्यक निर्देशन नआउञ्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न क्षेत्रीले माग गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC