site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारका कार्यक्रममा प्लाष्टिक निषेध
Sarbottam CementSarbottam Cement

पोखरा । औपचारिक-अनौपचारिक, सार्वजनिक-नीजी सबै कार्यक्रममा अहिले प्लाष्टिकजन्य पदार्थको प्रयोग बढेको देखिन्छ । भोजभतेरमा समेत प्लाष्टिकका प्लेट, ग्लासको प्रयोग बढ्दै गएको छ । यसले मानव स्वास्थ्यमा पुर्‍याउने हानी र त्यसपछिको व्यवस्थापन पनि असहज हुने भन्दै गण्डकी प्रदेश सरकारका सबै कार्यक्रममा प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ ।

गण्डकी सरकारले निर्देशिका नै बनाएर मन्त्रिपरिषदबाट समेत स्वीकृत गराइसकेको छ । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सरकारले ‘सार्वजनिक निकायको औपचारिक बैठक तथा समारोह सञ्चालन निर्देशिका’ बनाएर यसको नियन्त्रण गर्न खोजिएको जानकारी दिए ।

गत असोज १६ गतेको मन्त्रिपरिषदले स्वीकृत गरेको उक्त निर्देशकामा समारोह तथा बैठक सञ्चालन गर्दा मानव स्वास्थ्य वा वातावरणमा प्रतिकूल प्रभाव पार्ने प्लाष्टिकका ब्याग, ग्लास, चम्चाजस्ता सामाग्रीको प्रयोग गर्न नपाइने उल्लेख छ । यस्तै, आयोजकले नै समारोह तथा बैठक सकिएपछि फोहोरमैलाको व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आसनग्रहणलाई २० मिनेट, तीनजना वक्ता

कार्यक्रमको सुरुवातदेखि अन्त्यसम्म आसनग्रहण कार्यक्रम चलिरहन्छ । चाहे प्रमुख वक्ता बोलेर पनि निस्किसक्दा पनि आसनग्रहण कार्यक्रम भने जारी राख्ने परम्परा छ । प्रदेश सरकारले बनाएको निर्देशिकाले अब आसनग्रहणलाई पनि समय तोकिदिएको छ । निर्देशिका भन्छ, “आयोजकले आसनग्रहण, स्वागत मन्तव्य, उद्घाटन तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने जस्ता कार्य समारोह सुरु भएको बढीमा २० मिनेटभित्र सम्पन्न हुनेगरी कार्यक्रम तय गर्नुपर्नेछ  ।”

Global Ime bank

यस्तै, आसनग्रहण गराउँदा सभाध्यक्ष र प्रमुख अतिथीलाई मात्र गराउन सकिने व्यवस्था पनि निर्देशिकाले गरेको छ । समारोहमा ब्याच वितरण कार्यलाई समेत निषेध गरिएको छ ।
आसनग्रहण गराउने उद्घोषकले समेत आफ्नो मन्तव्य राख्न पाउने छैन् । कार्यक्रमको उद्घाटन सभाध्यक्ष वा प्रमुख अतिथीमध्ये एकजनाले गर्न सक्नेछन् ।

कार्यक्रम उद्घाटनपछि समारोहमा बढीमा तीनजनाले मात्र मन्तव्य दिन पाउनेछन् । अहिले हुनेगरेका कार्यक्रममा वक्ता धेरै र स्रोता कम हुने गरेका छन् । पट्यारलाग्दो र औचित्यहीन भाषणलाई अन्त्य गर्न निर्देशिकाले प्रमुख अतिथी बाहेक दुईजनाको मात्र मन्तव्य रहने व्यवस्था गरेको छ । यस्तै, धन्यवाद कार्यक्रमलाई पनि निर्देशिकाले निषेध गरेको छ । 
सभाध्यक्षले नै आफ्नो धारणा र निष्कर्षसहित धन्यवाद ज्ञापन गरी समारोहको समापन गर्न निर्देशिका जारी भएको छ ।

समारोहमा सहभागी हुने सम्बन्धित निकाय वा क्षेत्रका सरोकारवाला, समारोहको विषयवस्तुको बारेमा प्रमुख अतिथी, अतिथी र सहभागीलाई समारोहको तीन दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

एक घण्टाको कार्यक्रम

बैठकको समयावधिदेखि वक्ता र आसन ग्रहणलाई पनि निर्देशिकाले समेटेको छ । समयमा नै बैठक सुरु गर्ने र बढिमा एक घण्टाभित्रै सक्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ । “बैठक आयोजना गर्दा तोकिएकै समयमा सुरु गरि सामान्यता एक घण्टाभित्र सकिने गरि सञ्चालन गर्नुपर्नेछ,” निर्देशिकामा भनिएको छ, “बैठक समयमै सुरु हुने र अन्त्य हुने कुरा पत्राचारकै समयमा खुलाउनुपर्नेछ ।”

समयमा सुरु नहुने, लामो हुने यसले गर्दा अन्य काम प्रभावित हुने हुँदा यस्तो व्यवस्था ल्याईएको प्रवक्ता बस्नेतको भनाई छ । नीजि तथा अन्य निकायले गरेका कार्यक्रममा सरकारका प्रमुखदेखि प्रतिनिधीहरुलाई बोलाउने तर कार्यक्रम समयमा नहुने र लम्बेतान हुने गरेका छन् । निर्देशिकाले यसलाई पनि समेटेको छ ।

“कुनै नीजि वा गैह्रसरकारी क्षेत्र वा सामुदायिक संस्थाले सार्वजनिक निकायका पदाधिकारी वा कर्मचारीलाई बैठकमा आमन्त्रण गर्दा त्यस्तो बैठकमा एक घण्टा भन्दा बढी समय बस्न नपर्ने गरि व्यवस्थापन गर्नुपर्नेछ,” निर्देशिकामा उल्लेख गरिएको छ ।

अतिथीलाई कि खादा, कि माला 

गलाभरी माला, अबिर र खादा अहिले पनि धेरै कार्यक्रममा अतिथीहरुलाई लगाउने गरिएको छ । विशेषगरि शिर्षतहका नेताहरुलाई सयौँ किलोका माला लगाउने प्रचलन र होडबाजी पनि छ । तर, प्रदेशले ल्याएको निर्देशिकाले खादा, माला वा अबिरमध्ये एउटामात्र लगाईदिएर स्वागत गर्न भनेको छ ।

समारोहलाई मितव्ययी बनाउन आयोजकले मञ्चमा फूलको गुच्छा दिने, माला, खादा र अबिर लगाउने संस्कृति वा प्रचलन भए एउटा वस्तुबाट मात्रै स्वागत सत्कार गर्न सकिने व्यवस्था निर्देशिकाले गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC