site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोनाल्डोले ८०० गोल पुर्‍याउन सक्लान् त ?
Ghorahi CementGhorahi Cement

एजेन्सी । पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई रेकर्ड बनाउनु ठूलो कुरा होइन । करियरमा अनेकन रेकर्ड बनाएका रोनाल्डोले पुन नयाँ रेकर्ड बनाएका छन् ।

यूरो २०२० को क्वालिफायरअन्तर्गत युक्रेनविरुद्ध गोल गरेपछि उनले आफ्नो करियरमा ७०० गोल पुर्‍याएका छन् । उनी ७०० गोल पुर्‍याउने विश्वका छैटौँ खेलाडी हुन् ।

Agni Group

भनिन्छ रोनाल्डोकोजस्तो स्टामिना अरु खेलाडीमा छैन । हलिउडका कलाकार तथा पूर्व खेलाडी आर्नोल्ड स्वार्जनेग्गरले रोनाल्डोकोजस्तो तन्दुरुस्त शरीर अरु कुनै पनि खेलाडीमा नभएको दाबी गरेका थिए । धेरैलाई लागेको छ कि ३४ वर्षीय रोनाल्डो रोकिने वाला छैनन्, अब उनले सन्यास लिनेबेलासम्म ८०० गोल गर्नेछन् ।

तर रोनाल्डोलाई ८०० गोल पुर्‍याउन गाह्रो हुनेछ । पछिल्लो वर्षयता उनको गोलको संख्या विस्तारै तल लागिरहेको छ । गत साल आठ वर्षमा पहिलो पटक रोनाल्डोले ५० गोल गर्न सकेनन् । अहिलेको अवस्थालाई हेर्दा पनि पुरानै घटना दोहोरिने सम्भावना देखिन्छ । वर्ष सकिन दुई महिना मात्र रहँदा उनले २७ गोल मात्र गर्न सक्षम भएका छन् ।

Global Ime bank

इटालीयन फुटबलमा युभेन्टसले आफ्नो छुट्टै दबदबा कायम गरेको छ । तर युभेन्टसले आक्रामक पक्षलाई भन्दा पनि डिफेन्सिभ पक्षलाई बढी प्राथमिकता दिन्छ । मड्रिड र युभेन्टसको खेल्ने शैलीमा निकै फरक छ । रोनाल्डोले मड्रिडमा आएर नै आफ्नो क्षमतालाई वृद्धि गरेका हुन् । तर युभेन्टस भने मड्रिडजस्तो छैन । 

रियल मड्रिडले सिजनमा ११०, १०६ र ९४ गोल गर्दा युभेन्टस भने ७५, ७७ र ८६ गोल गर्न सफल हुन्थ्यो । गत सिजनमा रोनाल्डोले युभेन्टसमा जम्मा २८ गोल मात्र गरेका थिए । जुन गोल संख्या उनले दशक अघि युनाइटेड छोड्दाभन्दा कम हो । मड्रिडमाजस्तो गोल उनले युभेन्टसमा गर्न सक्ने छैनन् । जसले गर्दा पनि उनले ८०० गोल पुर्‍याउन समस्या हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC