site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विप्लवका दाईसहित २१ कार्यकर्ता दाङबाट पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा विप्लव समूहका २१ कार्यकर्ता दाङको राजापुर क्षेत्रबाट पक्राउ परेका छन् । विप्लव समूहका मध्येपश्चिम कमाण्ड अर्थात् विप्लवका दाई वीरजंग चन्दसहित २१ जना कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ४ बाट राति एकबजे विप्लव समूहका मध्येपश्चिम ईन्चार्ज वीरजंगसहित जिल्लाका कार्यकर्ता पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दाङ प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी विनोदविक्रम शाहले दिएको जानकारीअनुसार उनीहरुलाई जिल्ला सदरमुकाम ल्याइँदैछ । उनले २१ जना पक्राउ परेको पुष्टि गर्दै अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने जानकारी दिए । राजपुर जिल्ला सदरमुकामबाट करिब सय किलोमिटर टाढा रहेको छ । उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने प्रहरीले बताइसकेको छैन ।
पक्राउ परेका सबै राप्ती ब्यूरोका सदस्यहरु रहेको बताइएको छ । ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । पक्राउ परेकामध्ये एकजना केन्द्रीय सदस्य पनि छन् । केसबहादुर बाठा ‘सुवास’, विप्लवका दाई चन्द्रबहादुर चन्द ‘वीरजंग’सहितका पक्राउ परेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC