site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
निलम्बन फुकुवापछि पहिलोपटक क्यान बैठक बस्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो कार्यसमिति बैठक आइतबार बस्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट यसैसाता सशर्त निलम्बन फुकुवा भएपछि क्यान कार्यसमितिको पहिलो बैठक बस्ने भएको हो । 

क्यान अध्यक्ष चतुरबहादुर चन्दले बैठकमा आईसीसीलाई धन्यवादसँगै आगामी दिनमा क्यानका गतिविधि कसरी अगाडि बढाउने र अफिस सञ्चालन गर्ने लगायतका विषयमा छलफल गर्ने जानकारी दिए । उनका अनुसार पारस खड्काको कप्तानबाट राजीनामा दिएको आधिकारिक जानकारी नआएकाले राजीनामाबारे भने बैठकमा छलफल हुने छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

आईसीसीको शर्तबारे पनि आधिकारिक जानकारी नआएको अवस्थामा अब कसरी अगाडि बढ्ने विषयमा छलफल हुने अध्यक्ष चन्दले बताए । केही दिनमा आईसीसीको पत्र आएपछि सोही अनुसार अघि बढ्ने उनको भनाइ छ । 

असोज ११ गते आईसीसीकै रोहबरमा भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएपछि साढे ३ वर्षदेखिको निलम्बन सशर्त फुकुवा भएको थियो । शर्तबारे आईसीसीको आधिकारिक जानकारी आइनसकेको क्यानले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC