site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भेटेरिनरी सेवामा सार्वजनिक निजी सहकार्य सम्बन्धी सार्क क्षेत्रस्तरीय कार्यशाला सुरू
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सरकार तथा विश्व पशु स्वास्थ्य संगठनको सह-आयोजनामा भेटेरिनरी सेवामा सार्वजनिक निजी सहकार्यसम्बन्धी सार्क क्षेत्रस्तरीय दुई दिने कार्यशाला आजदेखि काठमाडौंमा सुरू भएको छ । 

कार्यशालामा नेपाललगायत अफगानिस्तान, पाकिस्तान, बंगलादेश, भारत, भुटान, श्रीलंकाका भेटेरिनरी सेवा तथा पशुपालन व्यवसायका सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरु, विश्व पशु स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन, सिराड, विल तथा मेलिण्डा गेट्स फाउण्डेसन तथा रोयल भेटेरिनरी कलेजका विज्ञहरुको सहभागिता रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंको होटल याक एण्ड यतीमा सञ्‍चालित कार्यशालाको उद्घाटन सत्र पशु सेवा विभागका महानिर्देशक एवम विश्व पशु स्वास्थ्य संगठनका लागि नेपालका आधिकारिक प्रतिनिधि डा. वंशी शर्माको अध्यक्षतामा सञ्‍चालन भएको थियो ।

उद्घाटन सत्रमा विश्व पशु स्वास्थ्य संगठनका एशिया तथा प्रशान्त क्षेत्रका प्रतिनिधि डा. हिरोफुमी कुगिताले विश्व पशु स्वास्थ्य संगठनले विश्वस्तरमा गरेको अध्ययनका आधारमा सदस्य राष्ट्रहरुको सहमतिमा सन् २०१८ मा भेटेरिनरी सेवामा सार्वजनिक निजी सहकार्यको अवधारणा विकास गरेको र यस अवधारणालाई सदस्य मुलुकहरुले अवलम्वन गरेमा भेटेरिनरी क्षेत्रले अधिकतम उपलब्धी प्राप्त गर्न सकिने बताए ।

Global Ime bank

कार्यशालामा विल तथा मेलिण्डा गेट्स फाउण्डेसनका प्रतिनिधि स्यानन म्यासेनहोस्कीले यस अवधारणाको अवलम्वन ,सहयोग तथा सहकार्य गर्न फाउण्डेसन तयार रहेको बताइन  ।

कार्यशाला उद्घाटन सत्रका प्रमुख अतिथि तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले विश्वस्तरमा सफल उदाहरणको रुपमा विकास भएको सार्वजनिक निजी सहकार्यको प्रयोग हुन सकेमा सरकारी तथा निजी क्षेत्रको सामुहिक प्रयास हुने र यसबाट समग्रमा भेटेरिनरी सेवाको पहुँच विस्तार सहित पशु स्वास्थ्य सेवा सुधार तथा जनस्वास्थ्य संरक्षणमा टेवा पुग्न सक्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC