site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 नयाँ सभामुख कहिले ? नेकपाभित्रै छ सकस
Sarbottam CementSarbottam Cement

काठमाडौं । यौन दुर्व्यवहार प्रकरणमा मुछिएका कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको करिब दुई साता पुग्न लागेको छ । 

संसदको चौथो अधिवेशन असोज दुई गते मध्यरातबाट सकिएको थियो । पाँचौं अधिवेशन कहिले सुरु हुने तय भइसकेको छैन । चौथो अधिवेशन सकेर दसैं मनाइरहेका बेला सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लाग्यो । आफ्नै सचिवालयमा कार्यरत रोशनी शाहीको त्यस्तो आरोपपछि महराले सभामुखबाट राजीनामा दिए । अहिले महरा प्रहरी हिरासतमा छन् ।

सभामुख चयन प्रक्रिया सुरु हुने टुंगो छैन 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ सभामुख चयनको प्रक्रिया सुरु गर्न संसद् बैठक बस्नुपर्ने हुन्छ । सभामुखबाट महराले राजीनामा दिएपछि अहिले संसद स्थगन रहेकाले नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुन सकेको छैन । संसदको अब चल्ने पाँचौं अधिवेशन हो । तर, त्यो कहिलेबाट सुरु हुन्छ, अहिले नै थाहा नहुने संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । “मन्त्रिपरिषद्ले सिफारिस गरेर राष्ट्रपतिले आह्वान गरेपछि मात्र संसद् बैठक बस्ने भएकाले हामीलाई थाहै हुँदैन,” प्रवक्ता पाण्डेले भने । 

प्रधानमन्त्रीले चाहेमा जुनसुकै बेला मन्त्रिपरिषद् बैठक बोलाएर संसद् अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्छन् । तर, सभामुखको विषयमा नेकपाभित्र सहमति नजुट्दासम्म मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष अधिवेशनका लागि सिफारिस नगरिने नेकपाका एक सचिवालय सदस्य बताउँछन् । पूर्व एमाले र पूर्व माओवादी दुवैले सभामुख आफूले पाउनुपर्ने अडानमा रहँदा सहमति जुट्न सकेको छैन ।  

Global Ime bank

संविधानको धारा ९३ मा अधिवेशनको आह्वान र अन्त्यसम्बन्धी व्यवस्था छ । जसमा ‘राष्ट्रपतिले सदनको अधिवेशन आह्वान गर्नुपर्ने र त्यसरी आह्वान गर्दा एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने’ उल्लेख छ । सभामुख नै नभएको अवस्थामा पनि उपसभामुखले संसद् बैठक सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था छ । 

सकस नेकपाभित्रै छ

महरा पूर्व माओवादीको कोटामा सभामुख बनेका थिए भने उपसभामुख शिवमाया तुम्बाहाम्फे पूर्व एमालेबाट । एमाले र माओवादी एकता भएपछि नेकपा बनेको छ । दुई पार्टीको एकतापछि सभामुख र उपसभामुख एकै दलबाट भएको भन्दै विरोध पनि भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानमा सभामुख र उपसभामुख एउटै दलबाट हुन नहुने व्यवस्था भएकाले एउटा पदमा अर्को दलबाट प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै आएको थियो । तर, नेकपाले सभामुख, उपसभामुख बन्दा अलग–अलग दलको भएको र सभामुख, उपसभामुख भएपछि पार्टीबाट राजीनामा दिइसकेकाले संविधानअनुसार नै भएको जिकिर गर्दै आएको छ । 

महराको राजीनामासँगै नेकपाभित्र पनि सभामुख कसलाई बनाउनेमा विवाद देखिएको छ । पूर्व माओवादी सभामुख आफूले नै पाउनुपर्ने अडानमा छ भने पूर्व एमाले पक्ष पनि सभामुख आफ्नै पक्षमा पार्ने अडानमा छ । आफ्नो कोटाबाट उपसभामुख रहेकी तुम्बाहाम्फेलाई राजीनामा गराएर भए पनि सभामुख पूर्व एमालेलाई नै बनाउने लबिङमा नेताहरु रहेको बताइन्छ । 

नेकपाभित्र सभामुख कसलाई बनाउने भन्नेमा पूर्व एमाले र पूर्व माओवादीबीच विवाद रहेको नेकपाका एक सचिवालय सदस्यले बताए । नेकपाभित्र उपसभामुख तुम्बाहाम्फेलाई सभामुख बनाउने वा पहिलाका सभामुख सुवास नेम्वाङलाई ल्याउने गृहकार्यमा पूर्व एमाले रहेको बताइन्छ । तर, पूर्व माओवादीहरु भने पूर्व सभामुख ओनसरी घर्तीमगर, नेकपाका सचेतक देव गुरुङमध्ये एकलाई सभामुख बनाउने पक्षमा देखिएको स्रोत बताउँछ । सभामुख नेकपाकै भएमा उपसभामुख फरक दललाई दिनुपर्ने छ । त्यस्तो अवस्थामा सत्तारुढ समाजवादी दलले उपसभामुख पाउने सम्भावना बलियो देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC