site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाघमा सवार मोदी त्रसित छन्: इमरान खान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकै त्रसित भएको बताएका छन् । 

शुक्रबार काश्मीरका विषयमा फेरि ध्यानाकर्षण गराउँदै पोस्ट गरिएको ट्विटमा भनेका छन्, "मोदी बाघमा सवार छन् । उनले ९० लाख सेना परिचालन गरेर काश्मीरी जनतालाई त्रासमा राखेर आफ्नो एजेण्डा पूरा गर्ने सोचिरहेका छन् ।" 

प्रधानमन्त्री खानले थपेका छन्, "आतंकवादसँग लड्न ९० लाख सेना आवश्यक छैन । तपाईंले त ८० लाख काश्मीरलाई त्रसित पार्न ९० लाख सेना परिचालन गर्नुभएको हो ।" 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी उनको निरन्तरको ट्विटमा भारतीय प्रधानमन्त्री मोदी अहिले त्रासपूर्ण अवस्थामा रहेकोसमेत बताएका छन् । उनले भनेका छन्, "भारतीय प्रधानमन्त्री मोदीलाई राम्रोसँग थाहा छ कि यदि त्यहाँ कर्फ्यू हटाइयो भने रक्तपात हुन्छ । त्यसकारण काश्मीरी जनतालाई नियन्त्रणमा लिनका लागि ९० लाख सेना परिचालन गर्नुका साथै कर्फ्यू लगाइएको हो ।" 

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्रीको आलोचना गरेका थिए । उनले भारतीय प्रधानमन्त्री मोदी जातीय सफायामा लागेको र काश्मीरमा कर्फ्यूका कारण जनजीवन निकै सकसपूर्ण भएको बताएका थिए । 

Global Ime bank

गत अगस्ट ५ मा भारत सरकारले काश्मीरलाई विशेषाधिकार दिएको धारा ३७० खारेज गर्दै काश्मीरमा सेना परिचालन गर्नुका साथै स्थानीय नियन्त्रणमा लिने, सञ्‍चारका सम्पूर्ण सेवाहरु काट्ने र कर्फ्यू लगाएको थियो । ७० दिनदेखि काश्मीमार कर्फ्यू लगाइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने काश्मीरी जनताको भलाइका लागि धारा ३७० खारेज गरिएको दाबी गरेका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग आफू काश्मीर मामिलामा मध्यस्थता गर्ने बताएका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग काश्मीर विषयमा दुई देशको आपसी मामिला भएको र दुबै देश संवादका माध्यमबाट समस्या समाधान गर्न सक्षम रहेको बताएका थिए ।

डन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC