site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पलेँटीमा यसपटक डाक्टर सुमन थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । यस महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी श्रृंखला’मा डाक्टर  सुमन थापाले गीत सुनाउने भएका छन् । सुमन पेशाले नेत्र विशेषज्ञ हुन् तर उनी गितारमा औंला चलाउँदै गाउन औधी रुचाउँछन् । 

आफैँ गीत लेख्छन् र धुन पनि भर्छन् । नब्बेको दशकमा ‘बाइपास’ समूहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडि बढाएका सुमन, हाल ‘ब्ल्यू फ्रेट’ नामको सांगीतिक समूहमा क्रियाशील छन् । यसपाली भने उनी पलेँटीका वाद्यवादकहरूसँग गायन अभ्यासमा जुटेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्राय अंग्रेजी भाषामा गीत, लेख्ने र गाउने सुमन थापा यसपाली पूरै नेपाली भाषाका गीत लिएर प्रस्तुत हुनेछन् । पलेँटीले उनलाई नयाँ सांगीतिक प्रयोग गर्ने सोचका साथ निम्त्याएको जानकारी गराएको छ ।

यसपालीको पलेँटीका निम्ति धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन् । प्राय गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ । सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन् ।

Global Ime bank

यही कार्तिक महिनाको ८ र ९ गते हुने कार्यक्रमलाई पलेँटीको सुरुआतदेखि नै सञ्‍चालन गर्दै आएका संगीतकर्मी आभासले गायक सुमन थापाको पेशा र सांगीतिक जीवनको सेरोफेरोमा रहेर संवाद पनि गर्नेछन् ।

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा डाक्टर सुमनलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गितारमा सुरज प्रधान र प्रकसनमा सुन्दरकुमार महर्जनले साथ दिनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC