site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मस्जिदमा भएको विस्फोटमा २८ को मृत्यु
Sarbottam CementSarbottam Cement

जलालावाद । अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । 

मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कयौँ घाइते भएको अधिकारीहरूले जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका वेला मस्जिद परिसर नजिकै विस्फोट भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । 

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अनपेक्षित हिंसा भइरहेको प्रतिक्रिया दिएको भोलिपल्ट विस्फोटनको यो ठूलो घटना भएको हो ।   

Global Ime bank

प्रत्यक्षदर्शीहरूले कम्तीमा ५५ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको जानकारी दिएका छन् ।
 
अस्पतालका एक चिकित्सकले झण्डै ३२ शव ल्याइएको र अन्य ५० भन्दा बढी घाइते भएको बताएका छन् । 

देशको नान्गाहार प्रान्तको राजधानी जलालावाददेखि झण्डै ५० किलोमिटर टाढा पर्ने हास्का मिना जिल्लामा रहेको मस्जिदमा विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोज्यानीले एएफपीलाई बताए ।

उनले पनि मृत्यु भएका सबै र घाइते भएका अधिकांश मस्जिदमा प्रार्थना गर्न आएका भक्तजनहरू रहेको जानकारी दिए ।
  
घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । तर नान्गाहार प्रान्तमा तालिवान लडाकू र इस्लामिक स्टेट (आईएस) लडाकूहरू हिंसात्मक कार्यमा सक्रिय छन् । - एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  २३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC