site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल पुलिस क्लब सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

चितवन । नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि जारी ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’को सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ । एकपक्षीय खेलमा काठमाडौंको सरस्वती क्लबलाई ५-० गोलअन्तरले पराजित गर्दै पुलिस सेमीफाइनलमा प्रवेश गरेको हो ।

पुलिसको जितमा सुमन लामाले ह्याट्रिक गरे । यस्तै निर कुमार राई र हेम तामाङले समान एक–एक गोल गरे । सरस्वतीबिरुद्द पुलिसले खेलको पहिलो मिनेटमा नै अग्रता लिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसका लागि सुमन लामाले सुरुवाती गोल गरेका थिए । पहिलो हाफमा नै पुलिसले अग्रता दोब्बर बनायो । खेलको २४ औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोल गरेको पुलिसले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो  । दोस्रो हाफको आठौं मिनेटमा गोल गर्दै हेम तामाङले पुलिसलाई ३–० को अग्रता दिलाए ।  ३३ औं मिनेटमा सुमनले ब्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गरेपछी पुलिसले ४-० को अग्रता बनायो । 

Global Ime bank

३९ औं मिनेटमा सुमनले ह्याट्रिक पुरा गर्दै पुलिसलाई ५–० को जित दिलाए । खेलको म्यान अफ द म्याच पुलिसको जितमा ह्याट्रिक गरेका सुमन लामा घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत भोली (शनिबार) हुने खेलमा बिभागीय टोली शशस्त्र प्रहरीको एपिएफ र झापा ११ भिड्ने प्रचार प्रसार समिती संयोजक सुर्यभक्त अधिकारीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC