खेल
एजेन्सी । ग्रानाडा स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा ग्रानाडाले ओसासुनालाई १–० गोल अन्तरले पराजित गरेको छ । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा टिमलाई जित दिलाउन डोमिन्डगोस द्रुटेले एक मात्र निर्णायक गोल गरे ।
द्रुटेले पहिलो हाफको ३८ औँ मिनेटमा गोल गर्दै ग्रानाडालाई महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै ग्रानाडाले नौं खेलबाट १७ अंक जोड्दै ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित ओसासुना ११ अंक सहित नवौं स्थानमा छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६ ०७:५७
प्रतिक्रिया दिनुहोस्