साहित्य
काठमाडौं । दोस्रो भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुगेकी गायिका सम्झना पाण्डेले ‘ढाक्यो मायाले’को भिडियो सार्वजनिक गरेकी छिन् । जसमा गायिका पाण्डेलाई नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले स्वरमा साथ दिएका छन् ।
भुपिन्द्र महतको शब्द शृजना रहेको गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ ।
रोमान्टिक प्रेम कथालाई भिडियोमा निर्देशक शान थापाले उतारेका छन् । अर्जुन तिवारीको छायांकन रहेको गीतमा नकुल खड्काको सम्पादन रहेको छ । कोरियोग्राफी राजिव समिरले गरेका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६ ०८:०६
प्रतिक्रिया दिनुहोस्