site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कमसल कालोपत्रे एकैदिनमा उप्कियो
Sarbottam CementSarbottam Cement

बलेवा । शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो । अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इञ्जिनीयरको टोली पुगेपछि स्थानीयले आफ्नो गुनासो सुनाउने अवसर पाए । 

बुधबार र बिहीबार रामरेखास्थित जसवीर टोलमा कालोपत्रेको काम भएको थियो । झण्डै १०० मिटरको यो खण्डको आधाजसो कालोपत्रे गरिएको छ । बाँकी खण्ड कालोपत्र गरिँदैछ । टोलका सामाजिक अगुवाले हातैले कालोपत्रे उप्काएर देखाएपछि नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले तत्काल ठेकेदारका प्रतिनिधिलाई फोन गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

तिलक निर्माण सेवाले सदरमुकामका विभिन्न भित्री सडकको कालोपत्रे गर्नका लागि ठेक्का लिएको थियो । बागलुङ नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा निर्माणाधीन सडकको कालोपत्रे उप्केको हो । उप्केको देखेपछि स्थानीयले हातैले कालोपत्रे उतारेर फालिदिएका छन् । 

कालोपत्र गर्नका लागि धुलो उडाएर पानीले पखालेपछि गिट्टीमाथि अलकत्रा राखेर कालोपत्रे राख्नुपर्नेमा धुलोमै राखेको भेटिएको इञ्जिनीयर मनोश शर्माले बताए । स्थानीयले गुनासो गरेपछि आफैँ पुगेर उक्त खण्डको छेउछेउको कालोपत्रे उप्काउन लगाएको समेत उनले बताए । उाले कमजोर काम नगर्न पटकपटक दिएको निर्देशन पालना नभएको पनि टिप्पणी गरे । 

Global Ime bank

नगरपालिका र सडक बोर्डको गरी रु ८२ लाख रुपैयाँको लागतमा भित्री सडक मर्मतका लागि गत असारदेखिनै काम भएको थियो । चाडपर्वको कारण रोकिएको काम तिहारभित्रै सक्ने गरी पुनः थालिएको थियो । उक्त घटना सार्वजनिक भएपछि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले समेत काम गुणस्तरीय गर्न माग गरेका छन् । 

कालोपत्रे नउप्केको स्थानमा पनि लेबल नमिलाएको भन्दै स्थानीय रणसिं बोहोराले गुनासोसमेत गरे । नालीको सतह बराबर बनाउनुपर्नेमा खाँडलैखाँडल छाडेको भेटिएको थियो । केही दिन अघि नेकपाले गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा पनि बोहोराले सडक अलपत्र छाडिएको टिप्पणी गरेका थिए । कालोपत्रे गर्दाका खाल्डा पनि पुर्न लगाएर पानी सडकमा नजम्ने बनाउन लगाउने इञ्जिनीयर शर्माले बताए । 

वडाध्यक्ष दुर्गाबहादुर बोहोराले पनि यो काम समयमै अनुगमन गर्न सकेकाले सच्याउन पाएको बताए । “केही दिनपछि थाहा पाएको भए ठेकेदार र कामदार हिँडिसक्थे, समयमै रोकेर भत्काउन पाइयो”, उनले भने,  “फेरि काम लगाएर गुणस्तरीय बनाउँछौँ ।” 

बोहोराले बिहीबार दिउँसै काम कमसल भएको अनुमान लगाएर ठेकेदार र कामदारलाई सच्याउन सुझाव दिएको बताए ।  यसअघि गत आर्थिक वर्ष नाली र आवश्यक संरचना नबनाइकन कालोपत्रे गर्दा जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा जाने सडक पनि उप्केको थियो । उक्त खण्डको झण्डै २०० मिटर कालोपत्रे उप्केपछि डिजाइनमा समेत त्रुटि भएको निष्कर्ष निकालिएको थियो । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !