site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गोलभेँडाले फेरियो जीवनशैली
Sarbottam CementSarbottam Cement

पाल्पा । परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि नमूना किसान बनेका छन् । 

गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेँडामा रहेको परनिर्भरता हटाएका छन् । व्यावसायिक रुपमा गोलभेँडा खेतीबाट चालू आवको दुई महीनाको अवधिमा रु ५० लाखको गोलभेँडा निकासी भएको छ । ठूलो मात्रामा गोलभेँडा उत्पादनसँग गरीबी हटाउन सहयोग पुगेको हो । यहाँ उत्पादित ८० प्रतिशत गोलभेँडा पोखरामा निर्यात हुँदै आएको छ । पाल्पा, बुटवल र स्याङ्जा क्षेत्रमा २० प्रतिशत निर्यात हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्पादित गोलभेँडाबाट राम्रो मूल्य र बजार पाउन थालेपछि यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि कमजोर आयस्रोत भएका परिवारको दैनिकी परिर्वतन देखिएको छ । आम्दानीको स्रोत बढेपछि स्थानीयवासिन्दा स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढेको छ ।

मैनादी कृषि सहकारी संस्थामा आबद्धता ४९ सदस्यले व्यावसायिक गोलभेँडा खेती वार्षिक रु ५० हजारदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएका छन् । श्रम र पसिना बगाउन हिम्मत गर्ने युवाका लागि स्वदेशमा नै राम्रो कमाइ हुने कृषि क्षेत्रमा लागेका युवाले देखाएका छन् । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान मानबहादुर बम्रेलले चालू आवको साउन र भदौ महीनामा गोलभेँडा खेतीबाट राम्रो आम्दानी गरे । 

Global Ime bank

मकै खेतीमा गर्ने बारीमा गोलभेँडा खेतीबाट रु दुई लाख ७३ हजार आम्दानी गर्नुभएको छ । गत आवमा करीब रु तीन लाख जतिको गोलभेँडा बेचिएको हो । अझै कात्तिक महीनामा गोलभेँडा बारीबाट निकासी हुने बम्रेलको भनाइ छ । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान निर्मला रास्कोटीले साउन भदौ महीनामा उत्पादन गरेको गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी लिन सफलता हाता पारे ।  व्यावसायिक गोलभेँडा खेतीबाट गाउँमा स्वरोजगार र रोजगारीका सम्भावनासमेत बढेको छ । 

यहाँका ९० भन्दा बढी युवा कृषि क्षेत्रमा लागि परेका छन् । तीमध्ये ४९ जना गोलभेँडा खेतीमा आकर्षित छन् । यहाँबाट तरकारी तथा सुन्तला ठूलो मात्रामा निकासी हुँदै आएको छ । ११४ जना सदस्य रहेको यस सहकारीमार्फत किसानलाई ऋण तथा प्राविधिक ज्ञान सीप तथा क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालनपछि गाउँमा कृषि उत्पादन बढेको सहकारीका अध्यक्ष बेनीराम पुनको दाबी छ । 

रिब्दीकोट गाउँपालिका–७ का वडाध्यक्ष निलबहादुर रास्कोटीले व्यावसायिक गोलभेँडा खेतीबाट किसानको जीवनस्तरमा सुधार आएको बताए । उनले गरीबी हटाउनका लागि निम्न वर्गीय परिवार कृषिलगायतका उत्पादनमूलक क्षेत्रमा मेहनत गर्न आवश्यक रहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC