site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
खुला सीमाले नेपाली कापी उद्योग सङ्कटमा
Sarbottam CementSarbottam Cement

बाँके । नेपालगञ्जका बिक्रेता तथा उपभोक्ताले बिना भन्सार भारतका विभिन्न ठाउँबाट कापी ल्याउने गरेका छन् । यसले गर्दा यहाँका कापी उद्योग समस्यामा परेका छन् । स्थानीय उत्पादन बढे पनि कारोवार बढ्न नसकेको उद्योगीहरु बताउँछन् ।

खुला सिमानाका कारण भारतीय कापी सहजै नेपालगञ्जमा ढुवानी हुने हुँदा यहाँका गुणस्तरीय कापीसमेत बिक्री हुन छाडेका छन् । यहाँका अधिकांश निजी विद्यालय, बिक्रेताले भारतबाटै भन्सार नतिरी कापी ल्याउने गरेको कारण यहाँका कापी उद्योग फस्टाउन नसकेको उद्योगीको भनाइ छ । 

खुला सीमा र नियमनकारी निकायले नियमनमा चासो नदेखाउँदा स्थानीय कापी उद्योग फष्टाउन नसकेको इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक आशिषराज श्रेष्ठले बताए । उनले भने,  “नेपालगञ्जमा कापी, रजिष्ट्ररलगायतका स्टेशनरी मसलन्द उत्पादन र बिक्री वितरण गर्दै आएका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

खुला सिमाना भएकै कारण दिनदिनै ठूलो परिमाणमा रुपैडिहाबाट कापी भित्रिने गरेकाले यहाँको कापी उद्योग चलाउन समस्या भएको उनको भनाइ छ । गत एक दशकदेखि सनराइज कापी उद्योग सञ्चालन गर्दै आएका अर्का उद्योगी रामप्रसाद गौतमले भने, “खुला सिमानाले सिर्जना गरेका बाधालाई राज्यले नियमन गरिदिने हो भने स्वदेशी उद्योग राम्रोसँग फष्टाउन सक्छ ।”

खुला सिमानाका कारण चोरी पैठारीबाट भएका कारोबारले यहाँको कापी उद्योग फष्टाउन नसकिरहेको सञ्चालक गौतम बताउँछन् । उनका अनुसार खुला सिमानाले सिर्जना गरेका बाधालाई राज्यले नियमन गरिदिने हो भने यहाँका उद्योग राम्रोसँग फष्टाउन सक्छन् । यहाँ अहिलेसम्म तीन वटा कापी उद्योगले उत्पादन गरिरहेका छन् । उद्योग खुल्ने क्रम बढेको छ । 

Global Ime bank

सञ्चालक गौतमले भने, “नीतिगत समस्या छैन, तर व्यावहारिक समस्याले हाम्रो व्यवसाय चाहेजति फस्टाउन सकिरहेको छैन । भारतीय कम्पनीका कापीको नाम नै तोकेर विद्यालयले अभिभावकलाई खरीदका लागि दबाब दिँदै आएको खुलेको छ । निजी विद्यालयले एकाधिकार लगाएको गुनासो व्यवसायीको छ । यसबाट राजस्व पनि चुहावट भइरहेको छ ।
 
खुला सिमानाले समस्या पारे पनि नेपालगञ्जमा पछिल्लो समयमा कापी उद्योग थपिँदै गएका छन् । पहाडी जिल्लाबाट माग बढ्दै गएकाले पछिल्ला दिनमा विस्तारै कापी उद्योग फस्टाउन थालेको नेपालगञ्जका पुस्तक व्यवसायी राजु काफ्ले बताउँछन् । व्यवसायी काफ्लेले उपमहानगरपालिकाको भुजई गाउँमा रु पाँच करोडको लगानीमा नयाँ कापी उद्योग स्थापनाको तयारी गरेका छन् ।   

सङ्गम पेपर इन्डस्ट्रिज प्रालिका नामबाट उत्पादन हुने कापी यस क्षेत्रका प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खपत हुने व्यवसायी काफ्लेको भनाइ छ । करीब उक्त करोडको मेशिनबाट उत्पादन हुने कापी गुणस्तरीय हुने र उक्त उद्योेगमा २० जनाले सहजै रोजगारी पाउने उनले बताए ।  

उद्योग स्थापनका लागि भौतिक संरचना निर्माणको प्रक्रिया एक वर्षभित्र शुरु हुने उनको भनाइ छ । व्यवसायी काफ्लेले भने,  “केही कापी उद्योग नयाँ पनि आइरहेका छन्, तुलनात्मक रुपमा उद्योग खुल्ने क्रम बढेको छ । भन्सार छलेर भइरहेको कारोवारलाई निरुत्साहित गर्न सके नेपाली कापी उद्योगले बजार ओगट्न सक्छन् ।”

दक्ष जनशक्तिमा नेपाली हुने हो भने राम्रो उत्पादन दिनुका साथै रोजगारीको सिर्जना पनि गर्न सकिने सञ्चालकको भनाइ छ । बजार सुनिश्चितता हुने हो भने लगानी बढाएर पनि काम गर्न सकिने उद्योगीको भनाइ छ । कच्चा पदार्थमा भारतसँग निर्भर हुँदा पनि भारतीय उत्पादनलाई चुनौती दिएर बजार विस्तार गर्न उद्योगसक्षम भइसकेको उनीहरुको दाबी छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC