site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भीष्म साहनीको पुँजीवादी आधुनिकताबोध र यथार्थवादको खोज 
Sarbottam CementSarbottam Cement

सन् १९३० को प्रगतिवादी आन्दोलन, यथार्थवादी परिणाम तथा परिस्थितिहरूलाई विकसित गर्ने आन्दोलन थियो । यस आन्दोलनले सामाजिकताबाट परिपुष्ट यथार्थवादी कथा साहित्यको जग बसायो । प्रगतिवादी साहित्यको प्रारम्भिक समयमा रचनाको दृष्टिले नेतृत्व तथा निर्देशन प्रेमचन्द, पन्त, निराला, उग्र आदिबाट हुन गयो । तर उपन्यासको माध्यमबाट माक्र्सवादी विचारलाई जनतासम्म पुर्‍याउने प्रथम प्रयास राहुल साङ्कृत्यायनको ‘भागो नहीँ दुनियाँ को बदलो’का माध्यमबाटै भएको थियो ।

जहाँसम्म प्रगतिवादी कथा आन्दोलन र भीष्म साहनीको कथा साहित्यको चर्चा छ, त्यसलाई कालको सीमामा बाँध्नु उचित ठहरिँदैन । हिन्दी लेखनमा समाजोन्मुखताको लहर धेरै पहिले नवजागरण कालबाटै जागृत हुन सुरु भएको थियो । 
माक्र्सवादले त्यसमा केवल एउटा अर्को आयाम जोडेको थियो । यसै माक्र्सवादी चिन्तनलाई मानवतावादी दृष्टिकोणका साथ जोडेर त्यसलाई जन–जनसम्म पु¥याउनेमध्येका एक हुन्, भीष्म साहनी । स्वतन्त्रता प्राप्तिपछिका लेखकहरू झैं भीष्म सहज मानवीय अनुभूति र तत्कालीन जीवनको अन्तरद्वन्द्वलाई लिएर अगाडि आए र त्यसलाई आफ्नो रचनाको विषय बनाए । जनवादी चेतनाका लेखक भीष्मको लेखकीय संवेदनाको आधार जनताका पीडा नै थिए । जनसामान्यप्रति अतिशय समर्पित भीष्मको लेखन यथार्थको ठोस जमिनमा आश्रित छ ।

भीष्म साहनी एक यस्ता साहित्यकार थिए, जो कुनै पनि विषयलाई भन्ने मात्रै नभएर त्यसको सत्यता र गहिराइ नाप्नुलाई पनि उचित ठान्थे । उनी साहित्यका माध्यमबाट सामाजिक विषमता तथा सङ्घर्षका बन्धनलाई तोडेर अगाडि बढ्नका लागि आह्वान पनि गर्थे । उनको साहित्यमा मानवीय करुणा, मानवीय मूल्य तथा नैतिकता विद्यमान छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको जन्म ८ अगस्त सन् १९१५ मा रावलपिन्डीको एक मध्यमवर्गीय परिवारमा भएको थियो । उनी आफ्ना पिता हरबंशलाल साहनी तथा माता लक्ष्मी देवीका सातौं सन्तान थिए । १९३५ मा लाहौरको सरकारी कलेजबाट अङ्ग्रेजी विषयमा एमएको परीक्षा उत्तीर्ण गरिसकेपछि उनले डा. इन्द्रनाथ मदानको निर्देशनमा ‘कन्सेप्ट अफ द हिरो इन द नोबेल’ शीर्षकमा आफ्नो शोधकार्य पूरा गरेका थिए । 

सन् १९४४ मा उनको विवाह शीलासँग भयो । उनको पहिलो कथा ‘अबला’ इन्टरकलेज पत्रिका रावीमा तथा दोस्रो कथा ‘नीली आँखेँ’ अमृतरायको सम्पादनमा प्रकाशित ‘हंस’मा प्रकाशित भएको थियो । भीष्मले ‘झरोखेँ’, ‘कडियाँ’, ‘तमस’, ‘बसन्ती’, ‘मय्यादास की माडी’, ‘कुंतो’, ‘नीलू नीलिमा नीलोफर’ नामक उपन्यासका अतिरिक्त ‘भाग्यरेखा’, ‘पटरियाँ’, ‘पहला पाठ’, ‘भटकती राख’, ‘वाङ चू’, ‘शोभायात्रा’, ‘निशाचर’, ‘पाली’, ‘प्रतिनिधि कहानियाँ’ तथा ‘मेरी प्रिय कहानियाँ’ नामक १० कथा–सङ्ग्रह सिर्जना गरिसकेका छन् । 

Global Ime bank

नाटकका क्षेत्रमा पनि उनले ‘हानूश’, ‘कबिरा खडा बजार मे’, ‘माधवी’ जस्ता प्रसिद्धी प्राप्त नाटक लेखे । जीवनी साहित्यअन्तर्गत उनले ‘मेरे भाइ बलराज’, ‘अपनी बात’, ‘मेरे साक्षात्कार’ तथा बाल साहित्यमा ‘वापसी’, ‘गुलेल का खेल’ सिर्जना गरेर हरेक विधामा आफ्नो कलमको प्रयोग गरे । आफ्नो निधनभन्दा केही दिनअगाडि उनले ‘आज के अतीत’ नामक आत्मकथाको प्रकाशन गराएका थिए । ११ जुलाई २००३ मा उनको शरीर पञ्चतत्वमा विलीन भयो । 

स्वतन्त्र व्यक्तित्व भीष्म साहनी गहन मानवीय संवेदना भएका सशक्त हस्ताक्षर थिए । उनले भारतको सामाजिक, राजनीतिक र सांस्कृतिक यथार्थको स्पष्ट चित्र आफ्ना उपन्यासहरूमा प्रस्तुत गरेका थिए । उनको यथार्थवादी दृष्टि उनको प्रगतिशील एवम् माक्र्सवादी विचारको प्रतिफल थियो । भीष्मको सबैभन्दा ठूलो विशेषता– उनले जुन जीवन बाँचे, जीवनमा जुन सङ्घर्ष गरे– त्यसको यथार्थ चित्र आफ्ना रचनाहरूमा अङ्कित गरे । यसै कारण उनका लागि रचनाकर्म र जीवनधर्म अविभक्त थियो । लेखनको सत्यतालाई उनी आफ्नो सत्यता मान्थे ।

कथाकारका रूपमा भीष्म साहनीमा यशपाल र प्रेमचन्दको गहिरो छाप रहेको पाइन्छ । उनका कथाहरूमा अन्तरविरोध तथा जीवनका द्वन्द्वहरू, विसङ्गतिहरूबाट घेरिएका मध्यमवर्गका साथै निम्नवर्गका जीजीविषा र सङ्घर्षशीलता उदघाटित् भएको हुन्छ । जनवादी कथा आन्दोलनका समयमा भीष्म साहनीले सामान्य मानिसका आशा, आकाङ्क्षा, दुःख, पीडा, अभाव, सङ्घर्ष तथा विडम्बनाहरूलाई आफ्नो उपन्यासबाट ओझेल हुन दिएनन् । 

नयाँ कथाहरूमा भीष्म साहनीले कथा साहित्यको जडतालाई तोडेर त्यसलाई ठोस सामाजिक आधार दिए । एक भोक्ताको हैसियतमा भीष्मले विभाजनको दुर्भाग्यपूर्ण इतिहासलाई पनि भोगे । जसको अभिव्यक्ति ‘तमस’मा हामी पाउँछौं । 

जहाँसम्म नारी मुक्ति समस्याको सवाल छ, भीष्मले आफ्ना रचनाहरूमा नारीको व्यक्तित्व विकास, स्वतन्त्रता, एकाधिकार, आर्थिक स्वतन्त्रता, स्त्री शिक्षा तथा सामाजिक उत्तरदायित्वलगायत तिनका ‘सम्मानजनक स्थिति’को समर्थन गरेका थिए । एक किसिमबाट हेर्ने हो भने साहनी प्रेमचन्द्रको पदचिह्नमा हिँड्दै उनीभन्दा पनि अगाडि पुगेका थिए ।

भीष्म साहनीका रचनाहरूमा सामाजिक अन्तरविरोध पूर्णरुपमा फैलिएको देख्न सकिन्छ । राजनीतिक मतवाद अथवा दलीयताको आरोपहरूभन्दा पर रहेर भीष्मले भारतीय राजनीतिमा निरन्तर बढ्दै गएको भ्रष्टाचार, नेताहरूको पाखण्ड प्रवृत्ति, निर्वाचनको भ्रष्ट प्रणाली, राजनीतिमा धार्मिक भावना, साम्प्रदायिकता, जातिवादको दुरूपयोग, भाइभतिजावाद, नैतिक मूल्यहरूमा देखिएको ह्रास, व्यापकरुपमा फैलिएको आचरण, भ्रष्टता, शोषणका षड्यन्त्रकारी प्रवृत्ति तथा राजनीतिक आदर्शहरूको खोक्रोपनाको चित्रण बडो प्रमाणिकरुपमा तटस्थतापूर्वक गरेका छन् । 

उनको सामाजिक बोध व्यक्तिगत अनुभवका आधारमा थियो ।  उनका उपन्यासहरूमा शोषणहीन, समतामूलक प्रगतिशील समाजको रचना, पारिवारिक स्तर, रुढीवादको विरोध तथा संयुक्त परिवाको पारस्परिक विघटनका प्रति पनि असन्तोष व्यक्त भएको पाइन्छ । भीष्मको सांस्कृतिक दृष्टिकोण नितान्त वैज्ञानिक र व्यावहारिक छ, जुन निरन्तर परिस्कृत, परिशोधन तथा परिवद्र्धनको प्रक्रियाबाट हिँडेको छ । प्रगतिशील दृष्टिका कारण उनी मूल्यहरूमा आधारित यस्ता धर्मभावनाका पक्षधर हुन्, जो मानवमात्रको कल्याणका प्रति प्रतिवद्ध थिए ।

उनको साहित्यमा एकातिर सहृदयता र सहानुभूति पाइन्छ, त्यहीँ अर्कोतिर जातीय तथा राष्ट्रिय स्वाभिमानको आगो पनि दन्किन्छ । उनी पुँजीवादी आधुनिकताबोध र यथार्थवादी विचारधाराका अन्तरविरोधहरूलाई खोल्दै हिँड्छन् । 
निम्नमध्यमवर्गका समर्थ रचनाकार भीष्म साहनी भारतीय समाजका आधुनिकीकरणको फलस्वरुप विश्व साम्राज्यवाद र देशी पुँजीवादमा व्याप्त भ्रष्टाचारलाई उजागर पनि गर्छन् । उनी मध्ययुगीन सामन्ती व्यवस्थासँग सम्झौता गरेर पुँजीवादद्वारा आफ्नो बुर्जुवा संस्कृतिबाट लोकप्रिय भएको निम्नकोटीका बुर्जुवा संस्कारहरूलाई चित्रित गर्दै प्रेमचन्द परम्परालाई अगाडि बढाउँदै गरेका पनि देखिन्छन् । एकातिर उनी आधुनिकताबोधका विसङ्गतिहरू र अपरिचितपनाका विरुद्ध लडिरहेका हुन्छन् भने अर्कोतिर रुढीवादी अन्धविश्वास र धार्मिक कुरीतिमाथि पनि खरो प्रहार गर्छन् ।

स्त्री–पुरुष सम्बन्धको कुरा गर्ने हो भने, भीष्म साहनी भारतीय गृहस्थ जीवनमा स्त्री–पुरुष जीवन रथको दुई पाङ्ग्रा भएको स्वीकार गर्छन् । विकास र सुखी जीवनका लागि दुवैबीच आदर्श सन्तुलन र सामञ्जस्य बनिरहनु अनिवार्य हुन्छ । उनका रचनाहरूमा सामञ्जस्यपूर्ण जीवन जिउने आदर्श दम्पत्तिहरूलाई गरिमापूर्ण रुपमा रेखाङ्कित गरिएको हुन्छ । 

उनको विश्वास छ, स्त्रीहरूका लागि समूचित शिक्षा, आर्थिक स्वतन्त्रता तथा व्यक्तित्व विकासको सुविधा आदर्श समाजको रचनाका लागि नितान्त आवश्यक छ । उनी स्त्रीहरूको व्यक्तित्व विकासका पक्षपाति थिए । भीष्म साहनी परम्परादेखि चलिआएको विवाहको जड परम्परालाई स्वीकार नगरेर भावनात्मक एकता र रागात्मक अनुबन्धको विवाहलाई प्रमुख आधार मान्थे ।

उनका उपन्यासहरूमा शोषणविहीन, समतामूलक, प्रगतिशील समाजको स्थापनाका साथै समाजमा व्याप्त आर्थिक विसङ्गतिहरूको त्रासदपूर्ण परिणाम, धर्मको विद्रुपता र खोक्रोपना उद्घाटित गरिएको पाइन्छ ।

माक्र्सवादबाट प्रभावित भएका कारण भीष्म साहनी समाजमा व्याप्त आर्थिक विसङ्गतिहरूको त्रासदीपूर्ण परिणामहरूलाई गम्भीरतापूर्वक अनुभव गर्थे । पुँजीवादी व्यवस्थाअन्तर्गत उनी जनसामान्यका बहुआयामिक शोषणलाई सामाजिक विकासमा सर्वाधिक बाधक र अमानवीय मान्थे । ‘बसन्ती’, ‘झरोखे’, ‘तमस’, ‘मय्यादास की माडी’ र ‘कडियाँ’ उपन्यासहरूमा उनले आर्थिक विषमता र त्यसको दुखद् परिणामहरूलाई बडो मार्मिकताका साथ उद्घाटित गरेका छन्, जुन समाजको स्वार्थी कुचक्रको परिणाम हो । यो दुखद् स्थितिका लागि दोषपूर्ण सामाजिक व्यवस्था नै उत्तरदायी छ । एक शिल्पीका रुपमा पनि उनी सिद्धहस्त कलाकार थिए । कथ्य र वस्तुका प्रति उनमा सजगता र तत्परताको भाव थियो नै । उनी शिल्प दक्षताका प्रति पनि सावधान रहन्थे ।

भीष्म साहनी प्रेमचन्दजस्तै जीवनका विसङ्गति र विडम्बनाहरूलाई आफ्नो रचनामा अभिव्यक्त गर्थे । त्यसो त उनले प्रेमचन्द झैं ग्रामीण विषय वस्तुलाई त्यस रुपमा समाउन सकेनन्, तथापि परिवेशको समग्रतामा वस्तु र पात्रको अन्तरसम्बन्धलाई जुन किसिमबाट उनी उजागर गर्थे, ती सम्बन्धहरूमा जनताका मुक्तिकामी सङ्घर्ष रुपान्तरित हुन्थ्यो । निश्चय पनि त्यसले उनलाई प्रेमचन्दको निकट त पुर्‍याउँथ्यो नै, त्यसमा नयाँ भीष्म पनि जोडिन्थ्यो ।

आफ्ना रचनाहरूमा भीष्मले जहाँ जीवनका कटु यथार्थहरूको प्रामाणिक चित्रण गरे, त्यहीँ जनजनको मङ्गलविधान गर्ने लोक हितकारी आदर्शहरूलाई पनि रेखाङ्कित गर्दै लगे । आफ्ना यिनै कालजयी रचनाहरूका कारण उनी हिन्दी साहित्यमा युगान्तकारी उपन्यासकारका रुपमा चिरस्मरणीय छन् ।

(डा. शुभिका सिंह/भारत दर्शनबाट) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC