site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राष्ट्रिय दोहोरी प्रतियोगितामा नवलपरासी उत्कृष्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ । 

नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देहीलगायतका नौ समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा नवलपरासीकी लक्ष्मी बस्नेतको समूह प्रथम भएको हो । प्रतियोगितामा देउराली रोधी घर बुटवलका विक्रमबाबु विश्वकर्माको समूह द्वितीय, गोधुली रोधी घर बुटवलका राजकुमार न्यौपानेको समूह तृतीय तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी लालमाया थापाको समूहले सान्त्वना स्थान हासिल गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको सहकार्यमा बर्दघाटस्थित दौंतरी एफएमले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरेको उक्त प्रतियोगिताका विजयी समूहलाई क्रमशः नगद रु २५ हजार, १५ हजार, दश हजार र पाँच हजारले पुरस्कृत गरिएको एफएमका प्रबन्ध निर्देशक नारायण भण्डारीले बताए ।  

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले नेपालीको पहिचानको रुपमा रहेको लोक संस्कृतिको जर्गेना गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गरे । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले संस्कृतिको संरक्षणका लागि यस किसिमको प्रतियोगिता कोशेढुङ्गा सावित हुने भन्दै निरन्तरतामा जोड दिए । सो अवसरमा चर्चित लोक कलाकार शान्ति श्री परियार, नारायण लेकाली, भरत क्षेत्री, भूपराज न्यौपानेलगायतले आफ्ना गीतसङ्गीतमार्फत दर्शकलाई मनोरञ्जन गराए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC