site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एटवुड र एभारिस्टोको पोल्टामा परेको ‘बुकर प्राइज’ 
Sarbottam CementSarbottam Cement

२०१९ को बुकर प्राइज मार्गरेट एटवुड र बर्नार्डिन एभारिस्टोले संयुक्त रुपमा पाएका छन् । निर्णायक मण्डलले यस पटक संयुक्त पुरस्कारको घोषणा गरेको हो । यसअघि बुकर प्राइज दुईजनालाई एकै पटक दिइएको थिएन । नियम तोड्दै यस पटक निर्णायक मण्डलले दुई महिला लेखकलाई यो प्रतिष्ठित पुरस्कार दिने घोषणा गरेको हो । एभारिस्टो साहित्यको यो प्रख्यात पुरस्कार जित्ने पहिलो अश्वेत महिला पनि हुन् । 

कतिपय पाठकले यस पटक प्रख्यात तथा विवादित लेखक सलमान रुस्दीको उपन्यास ‘क्विचोट’ ले पुरस्कार हात पार्ने अनुमान गरेका थिए । त्यसो त सर्ट लिस्टमा महिला वर्चस्व बढी रहेकाले कुनै न कुनै महिलाले पाउने अनुमान गर्नेका सङ्ख्या पनि कम थिएन ।

बुकरको नियममा संयुक्त पुरस्कार उल्लेख छैन, तर यस  पटक निर्णायक मण्डललाई कुनै एउटा पुस्तक चुन्न कठिन परेकाले नै नियम तोड्दै दुईजनालाई दिइएको हो । एटवुडको ‘द टेस्टामेन्ट’ र एभारिस्टोको ‘गर्ल, वुमन, अदर’ उपन्यास पुरस्कारका लागि चयन भएका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो त बुकर पुरस्कार कमिटीले १९९२ मा पनि संयुक्त पुरस्कार दिएको थियो । त्यसपछि भने नियम परिवर्तन गर्दै संयुक्त दिन नमिल्ने बनाइएको हो । बुकर प्राइज १९६९ देखि सुरु भएको हो । 

दुई पुस्तक जब पुरस्कारका निम्ति चयन भए, त्यसमध्ये कुनै एउटा छान्न बडो कठिन परेको थियो । पुरस्कार कमिटीले लामो समय छलफल पनि गरेको थियो । पाँच सदस्यीय निर्णायक कमिटीका अध्यक्ष पिटर फ्लोरेन्सले त्यसपछि बुकरको नियम तोड्न अनुरोध गर्दै संयुक्त पुरस्कार घोषणा गरेका थिए । ५० हजार पाउन्ड राशि रहेको उक्त पुरस्कार अब ७९ वर्षीय क्यानडेली लेखिका एटवुड र ६० वर्षीय बेलायती एभारिस्टोले बाँडेर लिनेछन् । 

Global Ime bank

‘‘म अब धेरै उमेरकी भइसकेँ, मानिसहरुको धेरै ध्यान मतिर तानिनु आवश्यक पनि छैन । यसकारण पनि म खुसी छु– तपाईं (एभारिस्टो)ले पनि पुरस्कार जित्नुभएको छ,’’ संयुक्त पुरस्कार घोषणापछि एटवुडले भनेकी छन्, ‘‘यदि म एक्लैले यो पुरस्कार पाएको भए केही सङ्कोच हुनेथियो । त्यसैले तपाईंले पनि पाउनुभएकोमा म धेरै खुसी छु ।’’

१९३९ मा क्यानडामा जन्मिएकी मार्गरेट एलिनर एटवुड उपन्यासकारका साथै कवि र समीक्षक पनि हुन् । निबन्धमा समेत कलम चलाएकी उनी शिक्षकका साथै वातावरण अभियन्ता पनि हुन् । उनका विभिन्न विधाका १७ वटा कविता–सङ्ग्रह प्रकाशित छन् । १६ उपन्यास, गैरआख्यानका १०, कथा र बालसाहित्यका ८/८ पुस्तक प्रकाशित छन् । उनले ग्राफिक नोभल पनि लेखेकी छन् । 

एटवुडका साहित्य महिलावादी रहेको बताइन्छ । उनले महिला लेखनलाई लिएर थुप्रै समीक्षा पनि गरेकी छन् । तर आफूमाथि कुनै ‘लेबल’ लागेको उनी मन पराउँदिनन् । अरुले जेसुकै भने पनि एटवुड आफ्नो लेखनीलाई सामाजिक यथार्थवादको नजिक रहेको भन्न रुचाउँछिन् ।    

एभारिस्टाले पनि आफूले एटवुडसँगै पुरस्कार पाउनुलाई ‘महान् र उदार’ बताएकी छन् । उनले भनिन्, ‘‘हामी अश्वेत बेलायती महिलालाई थाहा छ– हामीले आफ्नाबारेमा लेखेनौं भने कसैले पनि हाम्राबारेमा लेख्ने छैन ।’’
१९५९ मा बेलायमा जन्मिएकी एभारिस्टोका ८ वटा आख्यान पुस्तक छन् । उनले उपन्यासका अतिरिक्त नाटक, कविता, निबन्ध, साहित्य समीक्षा पनि लेखेकी छन् । साथै, रेडियो नाटक लेखनमा पनि उनको रुचि रहेको छ । उनले किनारीकृत लेखक र ललितकला कलाकारका बारेमा आवाज उठाउँदै आएकी छन् । 

१९८६ मा एटवुडको उपन्यास ‘द ह्यान्डमेड टेल्स’ बुकरका लागि चयन भएको थियो । तर उक्त समय उनले पुरस्कार जित्न सकिनन् । 

यस पटक पुरस्कारका लागि प्राप्त १५१ पुस्तकमध्ये उत्कृष्ट ६ मा पर्न सफल सलमान रुस्दी यसअघि पनि सर्टलिस्टमा परेका थिए । १९८१ मा उनको चर्चित उपन्यास ‘मिडनाइट्स चिल्ड्रन’ सर्टलिस्टमा परेको थियो । भारतको मुम्बईमा जन्मिएका र बेलायत बस्दै आएका रुस्दी बुकरका लागि पाँच पटक मनोनयनमा परिसकेका छन् । गत वर्ष एना बन्र्सको ‘मिल्कम्यान’ले यो पुरस्कार पाएको थियो । 

(एजेन्सीहरुको सहयोगमा) 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC