site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बाख्रा पालनलाई व्यवसायीकरण गर्न विज्ञ सम्मेलन 
Sarbottam CementSarbottam Cement

चितवन । बाख्रा पालनलाई व्यवसायीकरण र आत्मनिर्भरउन्मुख बनाउने उद्देश्यले चितवनमा एशिया क्षेत्रीय बाख्रा बिज्ञहरुको अन्र्तराष्ट्रिय सम्मेलन भोलि आइतबारबाट सुरु हुंँदैछ । कृषि तथा वन विश्वविद्यालय, रामपुरको परिषरमा अमेरिका क्यानडा, जापान, ईटाली, पाकिस्तान, भारत लगायत १७ देशका ११७ कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । 

आयोजक संस्था कृषि तथा वन विश्वविद्यालय, रामपुरले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । सम्मेलनले नेपालमा बाख्रापालनको संभावना, चुनौती र श्रोत व्यवस्थापन सम्बन्धी छलफल गर्नेछ  । 

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार सम्मेलनमा सम्मेलनका मुल आयोजक समितिका अध्यक्ष प्रोफेसर डाक्टर शारदा थपलियाले मासुको बढ्दै गएको मागलाई मध्यनजर गरी बाख्रापालनमा व्यवसायिकरण गर्नको लागि विज्ञ सम्मेलन गर्न लागेको जानकारी दिइन् । बाख्राको खाद्य श्रोत, बाख्राको  आनुवंशिक तथा जैविक प्रजनन, स्वास्थ्य तथा रोग व्यवस्थापन र बाख्राजन्य उत्पादनको प्रविधि र विकास सम्बन्धी विधालाई समेटेर ६० मौखिक, ४३ पोष्टर सहित ११७ भन्दा बढी वैज्ञानिकका कार्यपत्र प्रस्तुत हुनेछन् । विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन भन्ने मुल नाराका साथ हुनगइरहेको सम्मेलनमा विश्वव्यापी रुपमा चुनौतिको रुपमा रहेको बाख्रामा लाग्ने पीआर रोगको नियन्त्रणको बारेमा बिशेष छलफल हुने थपलियाले बताइन् । 

पछिल्लो समय सुंँगुरमा रोग बढेको र बाख्राको मासुमा आकर्षण बढ्दै गएकोले नेपालमा यसको संभावनाको बारेमा खोजी गरिने विश्व विद्यालयका अनुसन्धान निर्देशनालय, प्रमुख डाक्टर नवराज देबकोटाले जानकारी दिए । उनका अनुसार निर्वाहमुखी बाख्रापालनबाट व्यवसायिकरण गर्न र लागत घटाई उत्पादन बढाउन सम्मेलन केन्द्रीत रहनेछ ।  

Global Ime bank

सम्मेलनमा अन्तर्राष्ट्रिय गोट एशोशियसनका अध्यक्ष डाक्टर बेथ मिलर, उपाध्यक्ष लुसिया सेपे, चीनको हबेई कृषि विश्वबिद्यालय पशु, तथा प्रविधि कलजेका डीन प्राडा यिङ्गजी झाङ्ग, जापानको मिजो विश्वविद्यालय प्रोफेसर योशिहाकी हायासी लगायत अन्य देशका विश्वविद्यालयका विशिष्ट बैज्ञानिक, प्राज्ञ र विद्यार्थीसहित १७ देशका ३०० जनाको सहभागिता रहनेछ ।

सन् २०१८को तथ्यांक अनुसार नेपालमा १ करोड २८ लाख बाख्रा छन् । नेपालमा बिशेषगरी खरी, जमुनापारी, च्यांग्रा, सिन्हाल र बोयर जातको बाख्रा उत्पादन गरिँदै आएको छ । सम्मेलन कात्तिक ६ गते सम्म चल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC