site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 बागमतीमा बग्ने पानी सफा बनाउने मन्त्री मगरको भनाइ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गरेकी छन् । खानेपानी मन्त्रालय अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दैगर्दा मन्त्री मगरले आज बिहान स्थलगत निरीक्षण गरेकी हुन् । 

निरीक्षणपछि उनले पशुपति क्षेत्रस्थित बागमती नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिइन् । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको भन्दै उनले सबैको चाहाना अनुसार बागमतीलाई प्राण भरेर कञ्चन पानी बग्ने व्यवस्था ल्याउने बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाडौंमा भने चुनौतिपूर्ण नै बनेको बताइन् । 

उनले फोहरको व्यवस्थापकीय पक्ष प्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायम राख्दै जीवन्त बनाई सबै किसिमको धार्मिक संस्कारलाई सहजीकरण हुने गरि व्यवस्था मिलाइने आश्वासन दिइन् ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC