site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने २३७ सवारी साधनलाई कारवाही गरेको छ । 

दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने, कागपत्र नहुने, मादक पदार्थ सेवनगरी सवारी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःख दिनेलगायतका कारणले सवारीसाधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले कारवाहीमार्फत रु दुई लाख ३७ हजार राजश्वसमेत सङ्कलन गरेको छ । 

प्रहरीले कारवाही गरेका सवारी साधनमध्ये नौ सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएकामा कारवाही गरिएको हो । दशैँको समयमा हेटौँडामा फरक–फरक स्थानमा भएका दुई दुर्घटनामा दुईको मृत्यु भएको बताइएको छ । भैरवडाँडामा ट्र्याक्टर दुर्घटना र जिल्ला प्रहरी कार्यालय अगाडि भएको मोटरसाइकल दुर्घटनामा एक÷एक गरी जम्मा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC