site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तिहार गीत– ‘पुरानै राम्रा !’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रविधिको उपलब्धता र सहज पहुँचका कारण पछिल्लो दशक ‘पर्वगीत’को बाढी नै आएको छ । बर्सेनि हजारभन्दा बढी तीजगीत रिलिज हुँदै आएका छन् । तीजगीतकै अनुपातमा दसैं र तिहारका गीत रिलिज नभए पनि सङ्ख्या भने सानो छैन । 

तीज, दसैं होस् अथवा तिहार पछिल्लो समय आएका पर्वगीतभन्दा पुराना गीत नै तुलनात्मक रुपमा बढी सुनिएको पाइन्छ । सङ्गीतकार शम्भुजित बाँस्कोटा र गीतकार यादव खरेल पुराना गीतमा मौलिकता भएका कारण लोकप्रिय भएको बताउँछन् । हेमन्त शर्मा र कालीप्रसाद बाँस्कोटा बाल्यकालीन सम्झना नमेटिने भएकाले पुराना तिहारगीत नै बढी स्मरण हुने बताउँछन् । यद्यपि, तिहारका नयाँ गीत पनि समयसापेक्ष राम्रा रहेको उनीहरुको दाबी छ । 

सङ्गीतकार शम्भुजित बाँस्कोटा गाउँबेसीका भाकामा जनमानसले खोजेको शब्द, सङ्गीत तथा स्वर प्रस्तुत गर्न सकेकाले तिहारका आफ्ना गीतहरु लोकप्रिय भएको बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘मौलिक संस्कृति, पहिचानलाई केन्द्रमा राखेर त्यसलाई लोकलयमा आधारित सङ्गीत गरेकै कारण मैले सङ्गीत भरेका तिहारका गीत आमस्रोता तथा दर्शकले रुचाएका हुन्,’’ उनी भन्छन्, “आधुनिक गीत रचना गर्ने गीतकारले आधुनिकतामा ढालेर तिहारगीत तयार पार्न चाहे पनि मैले चलचित्रका गीतमार्फत् पनि तिहारको लोकलयलाई अगाडि बढाउनुपर्छ भनेर लोकलय हालेर गीत तयार पारेको थिएँ । र, त्यही नै रुचाइएको हो ।” हिजोका सिर्जना आजसम्म पनि जीवित रहनुको कारण जनमानसको अनुभूति, संस्कृतिलाई समाएका कारण नै क्षमतावान् सर्जकहरुले गरेको सिर्जना अजर भएको उनको भनाइ छ ।

आज पनि संस्कृति र परम्पराको गहिराइमा गएर काम गर्न सके सिर्जना अजर हुने उनी बताउँछन् । चलचित्र ‘कोहिनुर’को तिहार गीत ‘ए हजुर यसपालिको तिहारै रमाइलो...’ मेहनत गरेर तयार पारेकै कारण जीवन्त बनेको उनको ठहर छ । “चार वर्षअगाडि मात्रै सिर्जना गरिएको गीत हो यो । जनमानसको भावना बुझेर काम गर्न सके आजको युवापुस्ताले तयार गरेका गीत पनि जीवन्त हुन्छन्,” शम्भुजित भन्छन् । 

Global Ime bank

पछिल्लो समय मौलिक पक्षलाई भुलेर गीत तयार पारेकाले ती क्षणिक हुन पुगेको उनी बताउँछन् । क्षणिक लाभ हेर्नुभन्दा पनि जीवन्त सिर्जनाका पक्षमा समय खर्चिनुपर्नेमा उनको जोड छ । शब्द रचना र स्वरसँगै सङ्गीत पनि मौलिक भएमात्रै गीत अजर हुने उनको अनुभव छ । 

चलचित्र ‘स्वर्ग’को ‘तिहारै आयो, लौ झिलिमिली, सुन हजुर भैलिनी आइन् आँगन...’ चलचित्र ‘विजयपराजय’को ‘निधारमा लर्काएर सप्तरङ्गी टीका, हिँडिरहू सधैं तिमी शिखरको बाटो...’ लगायतका गीतमा शम्भुजितले सङ्गीत भरेका हुन् । 

गीतकार यादव खरेल पुराना गीत गुणस्तरीय भएका कारण नै लोकप्रिय भएको बताउँछन् । “बिम्ब प्रयोग गरेर लेखिएका तत्कालीन समयको चित्रण गरिएका गीत पुस्तौंपछि पनि जीवन्त छन्,” यादव भन्छन्, “अचेल गीतको मर्म र धर्म बिर्सिएर जे लेखेर गाए पनि गीत हुन्छ भन्ने सोचाइ छ । यही नै अहिलेका गीत अजर अमर हुन नसक्नुको मुख्य कारण हो ।” 

विगतको तुलनाममा अहिले प्रविधि र अवसरले सहज भए पनि त्यसको उपयोग गर्न नसकेको उनको भनाइ छ । शब्द, सङ्गीत र गायन तीनै पक्षले उत्तिकै महेनत गरेर मौलिकता दिएका कारण तिहारगीत लोकप्रिय रहेको उनी बताउँछन् । ‘तिहारै आयो लौ झिलिमिली’ यादव खरेलले लेखेको गीत हो । चलचित्र ‘स्वर्ग’को यो गीत लेख्दा उनमा लोकप्रिय होस् भन्ने त थियो, तर यति जीवन्त होला भन्नेचाहिँ सोचेका थिएनन् । 

“गीत राम्रो हुन शब्द, सङ्गीत र स्वर तीनै कुरा राम्रो हुनुपर्छ । चलचित्रको गीत भएकाले भिजुअल पनि मन छुने र सान्दर्भिक हुनुपर्छ,” यादव भन्छन्, “यो गीतमा चारवटै पक्ष सशक्त भएकाले गीत जीवन्त भयो ।”  

गायक तथा सङ्गीतकार कालीप्रसाद बाँस्कोटा समयसँगै मान्छेका इच्छा–आकाङ्क्षा र च्वाइस पनि ‘स्टेबल’ नहुने बताउँछन् । राम्रो गीत पनि केही समयमात्रै गाइने र त्यसलाई छोटो समयमै बिर्सिने गरेको उनी बताउँछन् । 

“ओस्कार जितेको गीत एक वर्ष पनि बज्न छोड्यो । केही महिनामै दर्शक तथा स्रोताले बिर्सिन थाले । मान्छेको च्वाइस पनि फेन्सी भइसक्यो,” कालीप्रसाद भन्छन्, “धर्म, संस्कृति र परम्परासँग इन्गेज पनि कम हुन थालेको जस्तो लाग्छ ।”

एउटै कुरामा लामो समय रमाइलो गर्ने परम्पराको अन्त्य हुँदै गएको उनी बताउँछन् । पहिला पर्वको एउटै गीत सुनेर वर्षौंसम्म रमाइलो गर्ने चलन भए पनि अहिले त्यसको अन्त्य भएको उनको अनुभव छ ।

“त्यो बेला थोरै गीतमात्रै बजारमा आउने भएकाले पनि होला । एउटै गीत पटकपटक बज्दा राम्रो लागेको र लोकप्रिय भएको,” कालीप्रसाद भन्छन्, “अहिले वर्षमै सयौं गीत आउँछन् । च्वाइस धेरै भएकाले पनि एउटै गीत कम बज्छ । हुँदै नहुँदा आउनु र धेरै हुँदा थपिनुले पनि सायद अर्थ राख्छ ।”

गायक हमेन्त शर्मा नयाँ गीतको तुलनामा पुराना गीत कम लोकप्रिय लाग्नुको कारण बाल्यकालीन सम्झना मुख्य भएको बताउँछन् । “बाल्यकालमा सुनेर हो खासमा पुराना गीत लोकप्रिय र लामो समयसम्म सुन्नुको कारण,” हेमन्त भन्छन्, “बाल्यकालका हरेक सम्झना अमिट हुन्छन् ।” 

पहिलाको तुलनामा पछिल्लो समय गीतको सङ्ख्या धेरै हुनु पनि अर्को कारण रहेको उनको बुझाइ छ । पहिलाका गीतको तुलनामा फरक गर्नुपर्ने बाध्यता भएकाले अहिलेका गीत केही भिन्न स्वादका रहेको उनको भनाइ छ । “फरक गर्नुपर्ने आवश्यक भइसकेको छ । गुणस्तर नभएको जस्तो लागे पनि समयसापेक्ष तिहारगीत आइरहेका छन्,” हेमन्त भन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC