site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
किन बन्दैनन् चाडपर्वका चलचित्र ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । करिब दुई वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘डाइङ क्यान्डल’मा क्षमी र टिक्पे दिदी–भाइ हुन्छन् । दिदी–भाइको आत्मीय सम्बन्धलाई मुख्य कथानक बनाइएको छ । तर यो दिदी–भाइबीचको सौहार्द सम्बन्ध बाँड्ने तिहारको चलचित्र होइन न त तिहारको रीतिथितिलाई मूल कथा बनाएर निर्माण गरिएको चलचित्र नै हो । 

हिन्दू नेपालीको प्रमुख पर्वमध्येको एक हो तिहार । तर यसैलाई मुख्य कथानक बनाएर आजसम्म कसैले पनि चलचित्र बनाएको छैन । तिहारमात्रै होइन, मुख्य चाड दसैंलाई पनि मूल कथा बनाएर चलचित्र बनाउने प्रयास कुनै पनि नेपाली मेकरले आजसम्म गरेका छैनन् । 

नेपालमा वार्षिक सयभन्दा बढी चलचित्र निर्माण भएर प्रदर्शन हुँदा अधिकांशले माया–प्रेम र द्वन्द्वलाई नै समेट्ने गरेका छन् । करिब तीन हजार चलचित्र निर्माण भएर प्रदर्शन भइसक्दा पनि हिन्दूहरुको मुख्य चाड दसैं, तिहार, तीज, छठलाई चलचित्र निर्माताले सम्झन आवश्यक ठानेका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशक तथा चलचित्र लेखक दीपेन्द्र के खनाल तिहार, दसैंजस्ता पर्व चलचित्र निर्माणका लागि निकै राम्रो विषय भएको बताउँछन् । “दसैं–तिहारको विषयमा जुनसुकै विधाको चलचित्र बनाउन पनि सकिन्छ । तर आजसम्म हामीले यी विषयमा ध्यानै दिएका छैनौं,” दीपेन्द्र भन्छ्न्, “मैले पनि यो विषयमा आजसम्म सोचेकै रहेनछु । तर दसैंको घटस्थापनादेखि टीकाको दिनसम्मको सेलिब्रेसनलाई लिएर राम्रो चलचित्र बनाउन सकिन्छ । तिहारमा पनि दिदी–भाइबीचको आत्मीयतामा गज्जबको चलचित्र बन्न सक्छ ।”  

हिन्दूहरुको संस्कार र संस्कृति बनिसकेको दसैं मनाउनैपर्ने सामाजिक बाध्यता छ । यही बाध्यताका कारण कतिका लागि दसैं, तिहारजस्ता चाडपर्व दशा बनेर आउँछन् । दुई–चार दिनको रमाइलोले वर्षभरिका लागि ऋण बोकाएर जान्छ । विदेशमा बस्ने आफन्तको अनुपस्थितिमा खल्लो प्रतीत हुने दसैं, तिहार चलचित्रका लागि मौलिक तथा गहन कथा हुने र अन्तरराष्ट्रिय बजारमा नेपाली चलचित्रलाई चिनाउन पृथक विषय हुने दीपेन्द्र बताउँछन् । 

Global Ime bank

पर्वलाई चलचित्रमा उठान गर्नेतर्फ नेपाली मेकरको ध्यान पुग्न नसकेको निर्देशक तथा लेखक विनोद पौडेल स्वीकार्छन् । “अरु कुनै विषय र प्रसङ्गसँग जोडिएर चलचित्रमा  तिहार, दसैं, छठजस्ता पर्वका विषय र विशेषताहरु आए होलान् । तर पर्वलाई मुख्य कथानक बनाएर आजसम्म कसैले पनि चलचित्र बनाएको छैन,” विनोद भन्छन् । 

व्यापारसँग जोडेर हेर्ने गरेका कारण दसैंलाई मुख्य विषय बनाएर चलचित्र नबनाएको हुन सक्ने उनको बुझाइ छ । चलचित्र निर्माणका लागि ठूलो लगानी लाग्ने भएकाले लगानीकर्ताले बजार पनि हेर्छन्, त्यसैले नेपाली संस्कार र संस्कृति झल्काउने चलचित्र बन्न नससकेको उनको भनाइ छ । 

“इन्टरनेसनल फिल्म फेस्टिभललाई लक्षित गरेर चलचित्र बनाउने मेकरको सङ्ख्या धेरै भएको भए सायद यस्ता विषयमा चलचित्र बन्थे होलान् । अब त्यो समय चाँडै आउँछ भन्ने विश्वास गरौं,” विनोद भन्छन् । 

नेपाल र नेपालीको संस्कार र संस्कृतिसँगै पहिचान बनेको दसैं, तिहार, छठजस्ता चाडपर्वलाई चलचित्रकर्मीले चलचित्रका लागि मुख्य विषय बनाउन उपयुक्त सम्झिएका छैनन् । पछिल्लो समय वैदेशिक रोजगारी, त्यहाँ रहेका नेपालीले भोग्नुपरेका समस्यामा थुप्रै चलचित्र बनिसकेका छन् । यी विषयले आमजनताको मन छुने भएपछि चलचित्रमात्रै होइन, गीत पनि बनेका छन् । तर तिनै नेपाली दसैं, तिहारजस्ता पर्वमा घर फर्किन नपाउँदाको पीडा र छटपटीलाई प्रधान कथा बनाएर चलचित्र बनाउने प्रयास गरिएको छैन ।

निर्देशक नरेशकुमार केसी नेपाली चलचित्र भनेर अन्तरराष्ट्रिय बजारमा जानलाई तिहार, दसैंजस्ता पर्व नेपाली मेकरका लागि उपयुक्त विषय भएको बताउँछन् । विश्वमै कतै नरहेको विषयलाई चलचित्रमा उतार्न सके त्यसले सजिलै अन्तरराष्ट्रिय जगत्को ध्यान खिच्ने उनको तर्क छ । चाडपर्वलाई बिदा सेलिब्रेसनको माध्यमका रुपमा मात्रै प्रयोग गर्ने गरिएको उनी बताउँछन् । 

लभस्टोरी, सामान्य एक्सन र कमेडीमै नेपाली चलचित्र अल्झिरहेकाले, नयाँ विषय र प्रस्तुति भित्रिन नसकेको उनको ठम्याइ छ । 

निर्देशक साम्तेन भुटिया दसैं चलचित्रका लागि राम्रो विषय भएको र यसका विविध पाटालाई उजागर गर्न सकिने बताउँछन् । “कुन रुपमा पर्वलाई उठान गर्ने भन्ने हो,” साम्तेन भन्छन्, “इमोसनल हिसाबले पनि उठाउन सकिन्छ । ऐतिहासिक संस्कृतिसँग जोडेरसमेत चलचित्र बनाउन सकिन्छ ।” 

नेपाली चलचित्र उद्योगमा अनुसन्धान नगर्ने प्रवृत्ति हावी हुनु नै दसैं, तिहारजस्तो महत्वपूर्ण विषयमा चलचित्र नबन्नुको मुख्य कारण भएको उनी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC