site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
प्रधानमन्त्रीको स्वास्थ्यबारे सूचना नचुहाउन ह्विप !
Sarbottam CementSarbottam Cement

प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिहारको भोलिपल्ट बिहानै ज्वरो आयो, शरीर सुन्नियो र रगतमा पानीको मात्रा कम देखिएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइयो । अनलाइन, टेलिभिजन, रेडियोलाई तत्कालै सूचना आवश्यक पर्ने भए पनि न त सचिवालयले जानकारी गरायो, न अस्पतालले नै । दिनभर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा कसैले जानकारी नगराएको भए पनि बेलुका उनको उपचारमा संलग्न दुईजना चिकित्सकले विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा राति या भोलिसम्ममा बालुवाटार फर्किसक्ने जानकारी गराए ।

तर त्यसभन्दा अघि प्रधानमन्त्रीलाई आईसीयुमा राखेर मिर्गौलाको डायलासिस गरिएको थियो । यो सामान्य र नियमित प्रक्रिया त होइन तर पनि न उनको सचिवालय न त अस्पताल कसैले पनि यसबारेमा जानकारी गराउन आवश्यक ठाने । 
किन त ?

कुनै पनि व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा गोपनीयता कायम राख्न पाउने उसको मौलिक अधिकार पनि हो । तर केपी शर्मा ओली एकजना सामान्य व्यक्तिमात्रै नभएर मुलुकको प्रधानमन्त्री पनि हुन् । उनका हरेक गतिविधिबारे जान्ने अधिकार सम्पूर्ण जनताको हुन्छ भन्ने उनको सचिवालयले हेक्का राखेन ।

Prabhu Bank
Agni Group
NIC Asia

सचिवालयले सही सूचना नदिएकै कारण बिहीबार प्रकाशित दैनिक पत्रिकामा फरक फरक समाचार सार्वजनिक भए । तर, पत्रकारले आफ्नो धर्म निर्वाह गर्दै प्रधानमन्त्रीको मिर्गौलाले काम नगरेको हुनाले आईसीयुमा राखेर डायलाइसिस गरिएको जानकारीसहितको समाचार प्रकाशित गरे ।

त्यतिमात्रै नभएर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लुकाइएको भन्दै उनको सचिवालयको पनि आलोचना गर्न भ्याए । बिहीबार दिनभर प्रधानमन्त्रीलाई आफ्नै पार्टीका नेताहरुलाई समेत भेट गर्न नदिएर अस्पताल राखियो । बेलुकापख नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग भेट गरेर फर्किएपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा पत्रकारलाई जानकारी गराएका थिए ।

Global Ime bank

बिहीबार बेलुकामात्रै अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर आफूहरुको पनि बाध्यता रहेको स्पष्ट पारे । शुक्रबार नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सूचना नचुहाउन प्रधानमन्त्री र उनी निकटकाले ह्विप नै जारी गरेका थिए ।
“स्रोतका अनुसार स्वास्थ्यबारे सूचना नचुहाउन प्रधानमन्त्री र उनीनिकटहरुले ह्विप नै जारी गरेका थिए,” नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डे र अर्जुन अधिकारीले लेखेको समाचारमा भनिएको छ ।

सिंगापुरमा उपचार हुँदा पनि लुकाइएको थियो सूचना 

नयाँ पत्रिका दैनिकमै छापिएको समाचारमा यसअघि प्रधानमन्त्री ओलीको साउन र भदौमा सिंगापुरमा उपचार गर्दा पनि उनको सचिवालयले सही सूचना दिएको थिएन । प्रधानमन्त्रीकै स्वास्थ्यअवस्थाबारेमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि अस्पताल लगिएको बताइए पनि आईसीयुमा राखेर गोप्य रुपमा डायलाइसिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा अन्य पत्रपत्रिकाले विशेष महत्त्व दिएको भए पनि अन्नपूर्ण पोस्ट दैनिकले भने खासै महत्त्व दिएन ।  बिहीबार प्रकाशित पोस्टमा ओलीको अवस्था सामान्य शीर्षकमा एक कोलममा समाचार प्रकाशित गरिएको छ भने शुक्रबार पनि यो समाचारलाई ओली डिस्चार्ज भनेर पहिलो पृष्ठमा एक कोलम दिइएको छ ।

नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई गोप्य राख्न खोजेर बालुवाटारले अनावश्यक रुपमा आशंका उब्जाउने काम गरेको भनेको छ ।

देउसी खेल्न बोलाएर बलात्कार 

बिहीबार दैनिक पत्रपत्रिकाले अर्को एउटा विषयलाई प्राथमिकता दिएका छन् त्यो हो, नेकपा निकट अनेरास्ववियूका नेताले देउसी खेल्न बोलाएर एकजना युवतीलाई बलात्कार गरेको घटना । रत्नराज्य क्याम्पसका स्ववियु सहसचिव एवम् तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईले एकजना १८ वर्षीया युवतीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेका छन् ।

उनलाई तिहारको दिन बिहानै प्रहरीले पक्राउ गरेको समाचार सबैजसो पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।  तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमै कार्यरत एकजना कर्मचारीलाई बलात्कार प्रयास र यौन दुव्र्यवहार गरेको घटना सेलाउन नपाउँदै यस्तो घटना सार्वजनिक भएको हो । महराले शुक्रबार बन्द इजलासमा बयान दिँदै आफूविरुद्ध राजनीतिकरुपमा फसाउने षडयन्त्र रचिएको दाबी गरेका छन् । यो समाचारलाई शनिबार अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा पाँच घन्टा लामो इन्कारी बयान दिएको समाचारमा जनाइएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC