site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
किराजस्तै देखिने रोबोटलाई हिँड्न सिकाउँदैछ फेसबुक !
Sarbottam CementSarbottam Cement

एजेन्सी  । ६ वटा खुट्टा भएको, हेर्दा एउटा ठूला किरा जस्तो देखिने डेजी नामक रोबोट फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च, फेयर ग्रुपको नयाँ रोबोट विज्ञान परियोजना अन्र्तगत पर्दछ । गत गर्मीयाम देखि नै फेयरका वैज्ञानिकहरुले रोबोटहरुलाई आफैँ हिँड्न र वस्तुहरु समात्न सिकाइरहेका छन् । उनीहरुको लक्ष्य ती रोबोटहरुलाई मान्छेकै शैलीमा वातावरण मार्फत नयाँ क्षमता विकास गराउनु रहेको छ । 

यसरी धेरैलाई विश्वको सबैभन्दा ठूलो सामाजिक नेटवर्क फेसबुकले रोबोट सम्बन्धी काम गरिरहेका बारे थाहा छैन । तर फेसबुक टोली लागेपरेको यो काम हाम्रो फेसबुकको न्युज फिडमा कतै देखा पर्ने पनि छैन । तर यसले आर्टिफिसियल इन्टेलिजेन्स, एआइका अनुसन्धानकर्ताहरुलाई धेरै पक्षमा मद्दत पुर्याउन सक्ने अपेक्षा गरिएको छ । जस्तै एआइका गतिविधिमा सुधार ल्याउन लागि परेका फेसबुक लगायत विभिन्न कम्पनीले शब्दहरु एउटा भाषाबाट अर्कोमा अनुवाद गर्न, तस्बिरबाट मानिस र वस्तुहरुको पहिचान गर्ने प्रविधिको विकास गर्न खोजिरहेका छन् जुन फेसबुकका लागि पनि उपयोगी साबित हुनेछ ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै डेजी रोबोटसँग आबद्ध फेसबुक अनुसन्धानकर्ताहरुले औँलामा सेन्सर भएका रोबोटमाथि पनि काम गरिरहेका छन् । यसका लागि उनीहरुले मसिन–लर्निङ टेकनिक प्रयोग गरिरहेका छन् जसलाई ‘सेल्फ–सुपरभाइज्ड लर्निङ’ पनि भनिन्छ । यस अन्र्तगत रोबोटहरुले के काम कसरी गर्ने भनेर सबै तरिका आफैँले पत्ता लगाउनुपर्छ । जस्तै एउटा रबरको गुडिया टिप्न उनीहरुले लगातार भिन्दाभिन्दै उपाय लगाएर प्रयास गरिरहनुपर्छ जसपछि सेन्सरमा भएका डाटा मार्फत प्रत्येक प्रयासपछि तिनको क्षमतामा सुधार आउँदै जान्छ । 

यो अनुसन्धान अझैपनि सुरुवाती चरणमै छ । यस्तोमा रोबोटहरु अहिले मानव शिशु जत्तिकै स्तरमा छन् जसमा यिनले पहिले आफ्नो हात कसरी चलाउँदा के हुन्छ भन्ने पत्ता लगाउनुपर्छ । रोबोटले आफ्ना प्रत्येक कदमको परिणामबारे बुझ्न जरुरी भएकाले नै उनीहरुलाई यसरी आफैँ काम गर्न लगाइएको फेयरका वैज्ञानिक फ्रान्जिस्का मेइरले सिएनएनसँग बताएकी हुन् । हामी मानव भएकाले यस्ता कुरा आफैँ सिक्न जान्न सक्छौँ अब हामीले रोबोटहरुलाई पनि त्यसैगरी आफैँ बुझ्न सिकाउनुपर्ने उनले बताइन् । यसकासाथै रोबोटहरुलाई सबै काम आफैँ सिक्न लगाइरहँदा यस प्रक्रियाको गति पनि बढेकामा वैज्ञानिकहरुले आश्चर्य जनाएका छन् ।  

Global Ime bank

फेयरका अनुसन्धानकर्ताहरुले सो रोबोट स्थिरताका कारण खरिद गरेका थिए । जस्तै वैज्ञानिक रोबोर्टो केलेन्ड्राका अनुसार सुरुवातमा डेजीलाई आफू अडिरहेको जमिनमा हिँड्न सकिन्क्छ वा हलचल गर्न मिल्छ भनेर थाहा थिएन । तर अहिले डेजीले आफ्नै गति र शैलीमा हिँड्न सिसिसकेको छ । अनुसन्धानकर्ताहरुले यसरी नै अर्को रोबोटमा पनि परीक्षण गरिरहेका छन् जसलाई निर्धारित प्वाइन्टलाई हावामा समात्ने काम दिइएको हो । यसबीच सो रोबोटले पाँच घण्टा लगाएर यो काममा आफ्नै तरिकाले सफलता हासिल गरेको थियो । यसबीच रोबोटले हरेकपटक प्रयास गर्दाखेरिको डाटा संकलन गरि अलग अलग तरिकाले घण्टौँसम्म प्रयास जारी राखेको थियो ।  

केलान्ड्राका अनुसार यसरी कम्प्युटरको एआइ सफ्टवेयर प्रयोग नगरेर रोबोटसँग काम गर्नु पछाडिको कारण भनेको रोबोटले अल्गोरिदमका डाटा प्रभावकारी ढङ्गमा  प्रयोग गर्न बाध्य बनाउँछ । अर्थात रोबोटले घण्टौँ वा केही दिन लगाएर भएपनि प्रत्यक्ष समयमा आफैँले सबै पत्ता लगाउनुपर्छ । तर त्यसैलाई सफ्टवेयर अनुकरण प्रविधि अपनाएको भए महिनौँ वा वर्षौँ लाग्न सक्थ्यो । सिएनएनबाट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  ०५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC