site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
प्रभावकारी बन्दै कम्प्युटर शिक्षा
Sarbottam CementSarbottam Cement

कपिलवस्तु । प्राविधिक ज्ञान तथा त्यसको व्यवहारिक उपयोगका बारेमा कपिलवस्तुका केही युवाले सुरु गरेको कम्प्युटर शिक्षा प्रभावकारी हुन थालेको छ । राइट स्टेप कम्प्युटर एजुकेशन एकेडेमीले कपिलवस्तुबाट झण्डै नौ वर्षअघि सुरु गरेको कम्प्युटर साक्षरता अभियान कम्प्युटर शिक्षा सिकाउने उद्देश्यले विसं २०६८ मा स्थापना गरेको थियो । 

बुद्धजन्मस्थल लुम्बिनीका बालबालिका तथा विद्यार्थीलाई कम्प्युटर शिक्षामा साक्षर बनाउने भन्दै लुम्बिनीमा आज अभियानको शुभारम्भ गरिएको छ । सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भन्ते मेत्तेय) र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले संयुक्त रुपमा अभियानको शुभारम्भ गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त अवसरमा उनीहरुले कम्प्युटर शिक्षालाई सर्वसुलभ बनाएर विस्तार गरेकामा अभियानकर्ताको प्रशंसा गरे । ‘सबैका लागि सर्वसुलभ र निःशुल्क कम्प्युटर शिक्षा अभियान’ भन्ने नाराले आफूहरुलाई आकर्षित गरेको भन्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले अभियानका सबैले सहकार्य गर्नुपर्ने बताए । 

कपिलवस्तुदेखि जुम्ला, कालीकोट, कञ्चनपुरसहित ४० जिल्लामा कम्प्युटर कोर्ष (पिडिआइसिए) सञ्चालन गरी त्यहाँका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको अभियानका संस्थापक अध्यक्ष तथा अगुवा दीपेन्द्र शर्मा पौडेलले बताए ।

Global Ime bank

ती जिल्लाका झण्डै ७० सूचीकृत कम्प्युटर इन्ष्टिच्यूटमार्फत् अभियान सञ्चालन गर्दै आएको अगुवा उनले जानकारी दिए । एक वर्षे प्रोफेस्नल डिप्लोमा इन कम्प्युटर एप्लिकेटियो कोर्षमा अहिले एकै साथ करीब २० हजार भन्दा धेरै विद्यार्थीले कम्प्युटर शिक्षा लिइरहेका बताइएको छ । विद्यार्थीलाई कम्प्युटर सम्बन्धी एक वर्षे कोर्षमा सामान्य कार्यालय प्रायोजनमा आउने कम्प्युटरका विभिन्न साधारण प्रोगामदेखि हार्डवेयर सम्मको कोर्ष पढाइ भइरहेको छ । 

सोही अवसरमा लुम्बिनी विकास कोषले अभियानमा सहकार्य गर्ने भन्दै केही थान कम्प्युटरसमेत प्रदान गरेको थियो । लुम्बिनी क्षेत्रकै बालबालिकाले अध्ययान गर्ने र लुम्बिनीमै अभियानको केन्द्र बनाएकाले सहकार्य गरेको कोषका निमित्त सदस्य सचिव इञ्जिनीयर सरोज भट्टराईले बताए । संस्थाले अभियानमा सहकार्य गर्ने र सहयोग पुर्‍याउने संस्था तथा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको थियो । 

अपाङ्ग र जेहेन्दारलाई निःशुल्क कम्प्युटर शिक्षा कम्प्युटर शिक्षा लिन चाहेका तर, आर्थिक अभाव भएका विद्यार्थीलाई सम्बन्धित सरकारी निकायको सिफारिसमा सो अभियानले निःशुल्क शिक्षासमेत प्रदान गर्दै आएको छ । जेहेन्दारलाई सहुलियत रुपमासमेत अध्यापन गराइँदै आएको अभियानकर्ताले जनाएका छन् ।

सो संस्थालाई नेपाल सरकारले सूचीकृत गर्दै आइएसो ९००१ : २००८ गुणस्तर प्रमाण चिन्ह प्रदानसमेत गरिसकेको छ । देशभरका झण्डै दुई हजार असक्त र अपाङ्ग एवं जेहेन्दार विद्यार्थीलाई सम्बन्धित निकायको सिफारीसमा पूर्ण निःशुल्क शिक्षा प्रदान गरिरहेको कार्यक्रम संयोजक तथा मेघाटेक इन्ष्टिच्यूटका सञ्चालक यमलाल खरेलले जानकारी दिए । - रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC