site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेविसंघमा पार्टीको हस्तक्षेप 

आदर्श, सिद्धान्त र गौरवमय इतिहास भएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ आज कठिन परिस्थितिमा पुगेको छ । पञ्चायतकालमा पार्टी प्रतिबन्धित हुँदा नेताहरू जेलमा वा प्रवासमा रहेका बेला जनताको स्वतन्त्रता र प्रजातान्त्रिक प्रणाली स्थापित गर्न बिगुल फुक्ने नेविसंघ आज पार्टीका नेताको गुटगत र व्यक्तिगत स्वार्थको सिकार बनेको छ ।

कुनै बेला पार्टीको संगठित शक्तिको स्रोत रहेको नेविसंघ प्रतिपक्षी शक्तिको पर्यायका रूपमा स्थापित थियो । नेविसंघ अधिनायकवादविरूद्धमा आन्दोलन गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा अडान राख्ने र जनमत निर्माण गर्ने गतिविधिमा अग्रमोर्चामा रहने गर्थ्यो ।

आज सामाजिक अन्यायविरूद्ध, कम्युनिस्ट अधिनायकवाद, सर्बसत्तावादविरुद्ध, भ्रष्टाचार, शैक्षिक कुव्यवस्था र माफियाविरुद्ध बुलन्द आवाज धन्काएर जनतालाई सामाजिक न्यायको अनुभूति दिलाउन अग्रसर हुनुपर्ने नेविसंघमाथि पार्टीका नेताहरूबाट नै कुठाराघात भएको छ । मातृ पार्टीको नर्सरीका रूपमा रहेको संगठनलाई विद्यार्थीबाट वञ्तित गराएर अनिर्णयको बन्दी बनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इतिहासका हरेक कालखण्डमा नेपाली कांग्रेसका नीति र सिद्धान्तलाई अंगिकार गरी प्रजातन्त्र स्थापित गर्न २०३६, २०४६ र ०६२ — ०६३ का जनआन्दोलनमा अग्रणी भूमिका भएको लोकतान्त्रिक गणतन्त्र नेपालको यात्रामा अगुवाइ गरेको नेविसंघ समाज र समयको गतिअनुसार चरित्र र वेग बदल्नुपर्ने अवस्थामा छ । आज नेपाल विद्यार्थी संघ शैक्षिक एजेण्डामा केन्द्रित हुन पाएको छैन । बरु, पार्टी र गुटको अस्त्र बन्न अभिशप्त छ । संगठनमा व्यक्तिगत लाभ, स्वार्थ र गुटगत स्वार्थ बढ्दै गएको छ । नीति, सिद्धान्त र विचार हराउँदै गएका छन् ।

पार्टीको ठाडो हस्तक्षेप र उमेरको बहसमा रूमलिएको हैन कम्युनिस्ट सर्वसत्तावाद, सामाजिक अन्याय र शैक्षिक मुद्दामा केन्द्रित हुन सक्ने सशक्त नेविसंघ आजको आवश्यकता हो।

Global Ime bank

आजको नेविसंघ विद्यार्थीका समस्यामा विमर्श गर्दैन बरु शैक्षिक संस्थामा लेनदेनको कारोबारमा अग्रसर देखिन्छ । आज नेविसंघ समग्र शैक्षिक, सामाजिक, वर्गीय आन्दोलनमा चुकेको विद्यार्थीले ठानेका छन् । उपनिर्वाचन नजिकिँदै गर्दा लोकतन्त्र, समाजवाद, राष्ट्रियता र विद्यार्थी एकता मूल आदर्श बोकेको नेविसंघलाई परिचालित गर्दै नेपाली कांग्रेसका उमेदवारलाई विजय गराउने वातावरण निर्माण गर्नुपथ्र्यो । कम्युनिस्टहरूको अत्याचार र सर्वसत्तावादविरूद्ध जनतामा सन्देश प्रवाह गर्नुपर्ने जिम्मेवारीमा अग्रसर गराइनुपर्ने नेविसंघलाई चरम गुटबन्दी र स्वार्थको भासमा फसाउन खोज्नु आउँदो पुस्ताको सुनौलो भविष्यमाथिको खेलवाड र समग्र सगठनप्रति नै अपमान गर्नु हो ।

देशमा कम्युनिस्ट सरकारले दुई तिहाइको दम्भमा जताततै भ्रस्टाचार र कुशासन फैलाएको छ । व्यवस्थापिका र न्यायपालिकामाथि ठाडो हस्तक्षेप गरिँदैछ । प्रेस र नेपाली जनताको स्वतन्त्रतालाई कुण्ठित पार्ने काम हुँदैछन् । सरकार दुई तिहाइको दम्भमा सामाजिक फासीवादतर्फ उन्मुख हुँदैछ । शैक्षिक माफियालाई प्रोत्साहन गरिराखेको छ । यस्तो अवस्थामा नेविसंघ जस्तो न्याय र संघर्षको पर्याय बनेको संगठनलाई मातृ पार्टीबाटै निस्क्रिय पारिनु देश तथा पार्टीकै लागि घातक हुन्छ । साथै, यो नेविसंघका विद्यार्थीका लागि पनि दुर्भाग्य हो । 

नेविसंघलाई गतिशील र सशक्त बनाउँदै समयानुकूल शैक्षिक विकासमा केन्द्रित गराउने जिम्मेवारी हाम्रो काँधमा छ । अबका दिनमा नेविसंघ आउँदो पुस्ताका विद्यार्थीका समस्या र चुनौतीलाई सामना गर्दै लोकतन्त्रको आधार स्तम्भ बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । यसैले पार्टीको नेविसंघमाथिको अनुचित हस्तक्षेप बन्द गर्न ढिलो गर्नु हुँदैन ।

आज हाम्रा विश्वविद्यालय बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखाना भएका छन् । यसकारण अबको नेविसंघ विश्वविद्यालय सुधारमा केन्द्रित हुनुपर्छ । हाम्रा विश्वविद्यालयबाट निस्केका जनशक्ति बजारमा आफ्नो सीप, क्षमता र दक्षताले आत्मनिर्भर हुँदै समृद्ध नेपाल निर्माणका निम्ति योगदान गर्नसक्ने हुनुपर्छ ।

समृद्ध नेपाल निर्माणका निम्ति समयानुकूल अन्तराष्ट्र्रिय मापदण्डअनुरूप पाठ्यक्रम परिमार्जन गर्दै विज्ञान र प्रविधिलाई जीवनका हरेक क्षेत्रमा पुर्याउन प्रविधिमैत्री शिक्षाको विकास नै अबको नेविसंघको मुख्य एजेन्डा हुनुपर्छ । साथै, नेविसंघ सामाजिक अन्यायका विरूद्ध, कम्युनिस्ट सरकारका गलत प्रवृत्ति, सर्वसत्तावादी चरित्र, जनताको स्वतन्त्रतामा हस्तक्षेप, शैक्षिक कुव्यवस्थाविरूद्धमा आन्दोलन उद्घोष गर्दै डटेर खडा हुनसक्ने हुनुपर्छ । त्यसका लागि पार्टीबाट हुने हस्तक्षेपको अन्त्य हुनु जरूरी छ ।

(नेपाल विद्यार्थी संघका नेता हुन् )  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !