site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मासुका लागि भारत हुँदै बंगलादेश पुर्‍याइन्छन् गाईगोरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । तस्करहरुले नेपालका गाईगोरु नेपालबाट भारत हुँदै बंगलादेशसम्म पुर्‍याउने गरेको पाइएको छ । तस्करले नेपालका विभिन्न स्थानबाट गाईगोरु संलकन गर्ने र झापा हुँदै भारतको बाटो बंगलादेशसम्म पुर्‍याउने गरेको पाइएको हो ।

झापाको भद्रपुर सीमा क्षेत्रबाट तस्करले भारतको पश्चिम बंगाल हुँदै बंगलादेशसम्म पुर्‍याउँछन् गाईगोरु । प्रहरीका अनुसार तस्करले विभिन्न ठाउँबाट ल्याएका गाईगोरु ट्रकमा अमानवीय तरिकाले भद्रपुरसम्म पुर्‍याउने, त्यसपछि भारतीय सीमा पार गराउने र अर्को ट्रकमा हालेर बंगलादेशसम्म तस्करले पुर्‍याउँदै आएका थिए ।

नेपालबाट मात्रै नभएर भारतीय तस्करले समेत नेपाली तस्करको मिलेमतोमा पशुचौपायाको तस्करी गर्ने गरेको खुलेको छ । तस्करहरुले मासुकै प्रयोजनका लागि पशुचौपायाको तस्करी गर्दै आएका हुन् । एक प्रहरी अधिकारीले भने, ‘‘भारतमा पनि मासुजन्य प्रयोजनका लागि पशुचौपायाको प्रयोग गरिँदैन । नेपालमा पनि त्यो अवस्था छैन । नेपालका गाईगोरु कृषिजन्य प्रयोजनका लागि नभएर मासुकै लागि भारत हुँदै बंगलादेशसम्म तस्करले लैजान्छन् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

बंगलादेश मुस्लिम बाहुल्य राष्ट्र हो । बंगलादेशमा पशुचौपायाको मासुको बिक्रीवितरण कानुनी रुपमै गर्न पाइन्छ । प्रहरीका अनुसार एक पशुचौपाया बंगलादेशमा डेढदेखि दुई लाखसम्ममा बिक्री हुन्छ । एकै पशुचौपायाबाट लाखौं आम्दानी हुने भएपछि तस्करले गिरोह नै बनाएर अवैध ओसारपोसार गर्ने गरेका हुन् ।

सात महिनामा १३ पटक समातिए तस्कर

Global Ime bank

झापाबाट पशुचौपाया तस्करीको सूचना पाएपछि गृह मन्त्रालय र  प्रहरी प्रधान कार्यालयले त्यसको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दियो । गत फागुनमा झापा प्रहरीको नेतृत्व एसपी दिनेश मैनालीले सम्हालेयता १३ पटक तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले पशुचौपाया र तस्करलाई नियन्त्रणमा लिएको छ । एसपी मैनालीले भने, ‘‘जिल्लामा आएपछि अवैध तस्करी, अपराध नियन्त्रण, फरार प्रतिवादीको खोजी, शान्ति सुरक्षा मेरो उच्च प्राथमिकतामा थियो ।’’ एसपी मैनालीका अनुसार झापामा पशुचौपाया तस्करीको सूचना पाएपछि नियन्त्रणका लागि विशेष टोली नै परिचालन गरिएको थियो । उनले भने, ‘‘अहिले पूर्णरुपमा तस्करी ठप्प छ । कानुनले दिएको अधिकार प्रयोग गरेर हामी जुनसुकै प्रकारका अवैध कार्यविरुद्ध कठोर रुपमा प्रस्तुत भएका छौं ।’’

झापा प्रहरीले पछिल्लो ७ महिनामा अवैध ओसारपोसार गर्न लागिएका ३७ ओटा गाई, १४१ गोरु, ७ बाछा र ८ बाछी गरेर २०१ पशुचौपाया नियन्त्रणमा लिएको छ । मंगलबार मात्रै ४९ ओटा पशुचौपाया ट्रकमा हालेर भारततर्फ तस्करी गर्ने दुई ट्रकसहित दुईजना पक्राउ परेका थिए । 

इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले भारततर्फ तस्करी गरिरहेको अवस्थामा कन्काई नगरपालिका–३ तुलसीबारीवाट ट्रक, गोरु र व्यक्तिलाई पक्राउ गरेको हो । ना ५ ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको दुई वटा ट्रकबाट ४९ वटा गोरु  र चालकलाई पक्राउ गरिएको बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले बताए ।

अनुसन्धानको क्रममा ती गोरुहरु नवलपरासीबाट सोही स्थान बस्ने प्रमोद यादवले कन्काई नगरपालिका ३ बस्ने रमेश खरेललाई बुझाउने गरी पठाइएको खुलेको थियो ।

के छ कानुनी व्यवस्था ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसूरको बारेमा उल्लेख छ । उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख छ । त्यस्तो काम कारवाहीवाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ । 

कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यसैगरी उक्त संहिताको दफा २९० अनुसार कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन । उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

पशु ढुवानी मापदण्ड, २०६४

नेपाल सरकारले पशु ढुवानी मापदण्ड, २०६४ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । जसमा अव्यव्स्थित ढुवानीका कारण पशुको स्वास्थ्य, कार्य क्षमता, उत्पादन क्षमता र गुणस्तरमा समेत प्रतिकूल प्रभाव पर्ने भएको र उपभोक्तालाई गुणस्तरीय पशुजन्य पदार्थ उपलव्ध गराउनका लागि ढुवानी सम्बन्धमा व्यवस्थित गर्ने उद्देश्य रहेको छ ।  उक्त मापदण्डको नियम ५ मा पशुलाई ढुवानी गर्दा हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाइ, एक आपसमा ठोक्किएर अगंभंग नहुने गरी सावधानी पूर्वक ढुवानी गर्नुपर्ने र पशु ढुवानी गर्दा पशुमा तनाव हुने, सास फेर्न गाह्रो हुने, डाम पार्ने, हृदयघात, धपेडी, घाममा अत्यधिक जलन हुने, पेट ढाडिने, विषाक्तपन, जलवियोजन, थकावट, घाउचोट, पीडा, जुध्ने र अंगभंग हुने जस्ता अवस्था सृजना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था गरेको छ । 

नियम १२ मा देशभित्र आन्तरिक ओसारपसार हुने पशुको हकमा गोठालासँगै पशु निर्दिष्ट ढाँचाको पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र हुनुपर्ने, आकस्मिक उपचारको लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनु पर्ने, हरेक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा संख्याको विवरण प्रष्ट देखिने गरी टाँसिएको हुनुपर्ने, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी नियम १५ मा ढुवानी गर्ने गाडीमा पशुलाई अस्वाभाविक रुपमा शरीर, नाके डोरी, पुच्छर वा खुट्टा बाँध्नु नहुने उल्लेख छ । नियम १७ मा पशु ढुवानी गर्दा गाडीमा जबरजस्ति कोचेर राख्न नहुने व्यवस्था छ ।

नियम २६ मा ढुवानी मापदण्ड अनुसार भए–नभएको सुपरिवेक्षण तथा अनुगमन गर्ने कार्य पशु क्वारेन्टाइन कार्यालय, पशु क्वारेन्टाइन चेकपोष्टहरू, जिल्ला पशु सेवा कार्यालयहरू, पशु सेवा केन्द्रहरुलाई तोकिएको छ भने सुपरिवेक्षण तथा अनुगमन कार्यमा सहयोग पुर्याउने दायित्व सुरक्षाकर्मीको हुने व्यवस्था गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC