site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय राजदूतलाई फोन गरेर कांग्रेस सभापति देउवाले भने - कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराएका छन् । सभापति देउवाले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

"सभापति शेरबहादुर देउवाले आज (बिहीबार) नेपालका लागि भारतीय राजदूत मञ्जिवसिँह पुरीसँग कालापानी र लिपुलेकका सन्दर्भमा टेलिफोन संवाद गर्नुभएको छ," प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उहाँ ९देउवा० ले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनु भएको छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि प्रवक्ता शर्माले ट्विटमार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य मुलुक भएको र भारतको नयाँ नक्साको विरोध गर्दै नेपालको कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण स्वीकार्य नहुने कांग्रेसको धारणा सार्वजनिक गरेका थिए ।

कांग्रेसले विज्ञप्ति सार्वजनिक गर्दै मुलुकको सार्वभौम र राष्ट्रियताजस्तो महत्वपूर्ण प्रश्नमा विषयमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने बताएको छ । उनले नेपालको कुनै पनि स्थानको भूमिमाथि हुने अतिक्रमण कांग्रेसलाई अस्वीकार्य रहेको पनि जिकिर गरेका छन् ।

Global Ime bank

बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै नेपालको सीमासम्बन्धी कुनै पनि विषयमा एक्लै गरिने निर्णय मान्य नहुने बताएको थियो । तर, भारतीय विदेश मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनमार्फत भारतले जारी गरेको नयाँ नक्सामा नेपाल-भारतबीचको सिमानामा कुनै पनि परिमार्जन नगरिएको दाबी गरेको छ ।

 

आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा टेलिफोन संवाद गरे। नक्साप्रति मेरो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्य स्मरण गराएको छु।
जय नेपाल।

— Sher Bahadur Deuba (@DeubaSherbdr) November 7, 2019

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय