site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चीन-अमेरिका व्यापार वार्ताको संकेत, सुनको मूल्य घट्यो 
Sarbottam CementSarbottam Cement

सांकेतिक तस्बिर


काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । अमेरिकी अर्थनीतिका कारण अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वको कारण सुनको मूल्य वृद्धि भएको लामो समय भयो । लामो समयदेखि निरन्तर उकालो लागेको सुन क्रमश: घट्दै गएको छ । 

यसैबीच बाह्रखरीसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले लामो समयदेखि अमेरीका र  चीनबिचको व्यापार युद्ध अन्त्य गर्न वार्ता हुने संकेतका कारण सुनको मूल्य घटेको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य भन्छन्, “लामो समयदेखि चीन र अमेरिकाबीच भएको व्यापारिक द्वन्द्वको वार्ताको संकेतले सुनचाँदीको मूल्य घटेको हो ।”

महासंघको अनुसार अमेरिकी अर्थनीतिको कारण अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व र अमेरिकन फेड्रेल बैंकले बैंकको निक्षेपमा ब्याजदर घटाउनु पनि सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण हो । 

Global Ime bank

नेपालमा २२ हजार व्यवसायीहरुने सुनको कारोबार गर्दै आएका छन् । नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० देखि ५० किलोसम्म पुग्छ । मूल्य वृद्धि भएसँगै सुनको कारोबार कमजोर अवस्थामा पुगेको र दैनिक करिब १० किलोको हाराहारीमा मात्र कारोबार हुने गरेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

आजको मूल्य कति ?

महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला सात सय र चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला ७० हजार ६ सय रुपैयाँ रहेको सुन शुक्रबार प्रतितोला सातसय रुपैयाँ घटेर तोलाको ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । त्यसैगरी, बिहीबार प्रतितोला ८५० रुपैयाँ रहेको चाँदी तोलाको १५ रुपैयाँ घटेर आज प्रतितोला ८३५ रुपैयाँमा कारोबार भएको छ । 

शुक्रबारको लागि छापावाला सुन प्रतितोला ६९ हजार नौं सय र तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदी प्रतितोला ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC