site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पश्‍चिम नेपालको छुट्टै नक्सा जारी गर्न सकिन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको नक्सामा नेपाली भूभाग पनि परेको विषयलाई लिएर नेपालले आफ्नो धारणा राखेको छ भने भारतकातर्फबाट पनि आफ्नो धारणा राखिएको छ । 

नेपालले एकतर्फी रुपमा सार्वजनिक गरिएको नक्सा नेपाललाई मान्य नभएको जनाएको छ र भारतले आफूले सार्वजनिक गरेको नक्सामा कुनै परिमार्जन नभएको जनाएको छ । 

यो अवस्थामा नेपाल अब कसरी अघि बढ्ने त ? पूर्व जलश्रोत सचिवसमेत रहेका र दार्चुलामा प्रमुख जिल्ला अधिकारीको रुपमासमेत काम गरिसकेका डा. द्वारिकानाथ ढुंगेलले बाह्रखरीसँग विस्तृत कुराकानी गरेका छन् । उनले नेपाल अब कसरी अघि बढ्न सक्छ भन्ने बारेमा केही टिप्स पनि दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको भनाइ जस्ताको त्यस्तै :

म २०३६ देखि २०३८ सालसम्म दार्चुलाको सीडीओ भएर गएको थिएँ । २०३८ सालको साउन महिनामा म कालापानीमा भारतीय सेना रहेको स्थानमा पनि गएको थिएँ । म जाँदा क्याम्पमा भएका सेनाले मलाई स्वागत पनि गरेका थिए । म एक रात त्यहीं बसेर फर्किएको थिएँ । त्यतिबेला उनीहरुले आफूहरु नेपाली भूभागमा नै रहेको जनाएका थिए । मैले त्यस अनुसारको रिपोर्ट गृह मन्त्रालयमा त्यतिबेला पठाएको थिएँ । 

Global Ime bank

म तीन वर्षअघि फेरि त्यहाँ जाँदा नजिकै आवतजावत गर्नै नदिइएको पाएँ । मलाई स्थानीय एक कर्मचारीले बताए अनुसार नेपालका सीडिओ त्यता जाँदा उनीहरुले जान पनि दिएनछन् । अहिले नेपालको भूमिजस्तो नै नलाग्ने अवस्था उत्पन्न गराइएको ती कर्मचारीले बताए । त्यसैले अब हामी आफ्नो भूभाग फिर्ता लिनका लागि कस्सिएर लाग्नुपर्ने बेला भएको छ । 

यसका लागि नेपालले गर्न सक्ने केही कुराहरु छन् । जस्तो भारतले आफ्नो नक्सा फिर्ता लिँदैन भने नेपालले पश्चिम नेपालको छुट्टै नक्सा जारी गर्न सक्छ । छिमेकी सधैं चाहिन्छ । तर, छिमेकीबाट हेपिन हुँदैन । त्यसैले हामीले परराष्ट्रमन्त्री तहमा तत्काल कुरा गर्नुपर्छ । प्रधानमन्त्री तहमा पनि कुरा गर्नुपर्छ । त्यसपछि दुई देशका विदेशसचिवबीच तत्काल बैठकको लागि नेपालका परराष्ट्र सचिवले तत्काल पहल गर्नुपर्छ ।

यसैगरी सरकारले सर्वपक्षीय बैठक पनि डाक्नुपर्छ । सर्वपक्षीय बैठकमा देशका विद्वानहरुलाई बोलाइनुपर्छ । राजनीतिक नेताहरुलाई बोलाइनुपर्छ । विद्वान भन्नाले भोलि कुनै जागिर पाइन्छ कि भनेर पछि लाग्ने विद्वानभन्दा पनि साँच्चैका विद्वानलाई त्यसमा सामेल गर्नुपर्छ । 

हाम्रोमा तथ्य र प्रमाणको अभाव छैन । राज्यले त्यसलाई प्रयोग गर्न सक्नुपर्‍यो । यहाँको भारतीय दूतावासलाई सरकारले यो विषयमा औपचारिक रुपमा भन्नुपर्‍यो । नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई पनि भारत सरकार समक्ष आफ्नो कुरा राख्न लगाउनुपर्‍यो । नेपालका नेताहरु यो मामिलामा हलुका रुपमा प्रस्तुत हुनु हुँदैन । यसलाई पार लगाएर नै छोड्नु पर्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC