site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाग्लुङमा वाम तालमेल : राजमोका उमेदवारले चुनाव अवधिभर संघीयताको विरोध नगर्ने
Ghorahi CementGhorahi Cement

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जहिल्यै भन्ने गर्छन, “संघीयता नेपालले धान्दैन, संघीयता हिराको सिक्रीले बाँधेको भालु हो ।” नयाँ शासकीय व्यवस्थासहितको संविधान बन्दै गर्दा त्यसको विरोध गर्ने अग्रपंक्तिमा उनी सधैँ रहे ।

संविधानले व्यवस्था गरेअनुसार दुई वर्षअघि नयाँ शासकीय व्यवस्थाको रुपमा प्रदेशसभाको पहिलोपटक निर्वाचन भयो । अहिले उनकै गृहजिल्ला बाग्लुङमा उपनिर्वाचन हुँदैछ, त्योपनि उनकै पार्टीले यसअघि जितेको क्षेत्रमा  ।

केसीले अझैपनि संघीयताको विरोध गर्छन, उनको पार्टीले चुनावमा भाग लिन्छ र संसदमा प्रतिनिधित्व पनि गर्छ । संसदमा पुगेपछि उनको शैली अलिक फरक हुन्छ, “हामीले संसदबाटै यो व्यवस्था हटाउँछौँ ।” चित्रबहादुर केसी अहिले संसदमा छैनन्, तर उनको पार्टीबाट निर्वाचित सांसदहरु छन् । गण्डकी प्रदेशसभामा मात्रै राष्ट्रिय जनमोर्चाका तीनजना सांसदहरुले प्रतिनिधित्व गर्दै तेश्रो ठूलो संसदीय दलसमेत बनेको थियो । 

Agni Group

राजमोका संसदीय दलका नेता कृष्ण थापाले २०७४ माघ २२ गते पहिलो प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै चित्रबहादुर केसीकै भनाई दोहोर्‍याए । राजमोका तीनैजना सांसदहरु बाग्लुङका भए पनि बाग्लुङ २ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरको गतसाल निधन भयो । मंसिर १४ गते उक्त क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

उक्त क्षेत्रमा राजमो एक्लैले जित्दैन, तर आफू जता ढल्क्यो उतै जिताउन सक्ने ल्याकत राख्छ । २०७४ मा जनमोर्चाको तागतलाई बुझेर नै तत्काली एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको त्रिपक्षीय गठबन्धन बन्यो । बाग्लुङका प्रदेशसभाका कुल चार क्षेत्रमध्ये राजमोले दुई सिट लियो, एक एमाले र एक माओवादीले लिए । त्रिपक्षीय बाम गठबन्धनले क्लिन स्विप गर्‍यो ।

Global Ime bank

२०७४ मा नै हो संघीयता पक्षधर र विरोधीको तालमेल बनेको । उपनिर्वाचनपछि एमाले र माओवादी केन्द्रको एकता भएर नेकपा बन्यो । अहिले पनि उक्त क्षेत्रमा बाम गठबन्धन छ । जुन, अन्यत्रको तुलनामा फरक पनि छ र बागी उमेदवार पनि खडा भएका छन् ।

संघीयताविरोधी जनमोर्चालाई छाडिदिने र संघीयता कार्यान्वयनको जिम्मा पाएको सरकारले उही विरोधीलाई सहयोग गर्ने निर्णय प्रधानमन्त्री केपीशर्मा ओली र राजमोका अध्यक्षसहितको भेटले गरेको हो । अघिल्लोपटकको चुनावी यात्रा नेकपाले नतोड्ने र जनमोर्चालाई समर्थन गर्ने निर्णय जिल्ला तहले भने अन्तिम समयमा पाए ।

यसपटक बाग्लुङ २ ‘ख’ मा नेकपा एक्लै मैदानमा उत्रिन चाहेको थियो, तर एक्लै चुनावमा भिड्न डर पनि थियो । केन्द्रमा नै सहमति भएपछि बिहिबार उही संघीयता विरोधी राजमोका उम्मेदवारसँगै संघीयता कार्यान्वयनको जिम्मा पाएको नेकपाको उपस्थितीमा मनोनयन दर्ता भएको छ । नेकपाको समर्थनमा राजमोबाट खिमविक्रम शाही मैदानमा उत्रिएका छन् ।

चुनाव अवधिभर संघीयताको विरोध हुँदैन

जनमोर्चाको उमेदवार र नेकपाको समर्थन भएका कारण बाग्लुङमा राष्ट्रिय जनमोर्चाले चुनाव अवधिभर संघीयताको विरोध नगर्ने भएको छ । यसलाई एजेण्डा नबनाई जनताको चासोका विषयमा मात्र छलफल हुने नेकपाले जनाएको छ ।

नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले लिखित आचारसंहिता नै बनाएर कार्यान्वयन गरिने जनाए । बाह्रखरीले राखेको जिज्ञासामा सापकोटाले दिएको प्रतिक्रिया :

'अहिले संघीयता विरोधी र पक्षधरभन्दा पनि वामपन्थी शक्तिको तालमेल हो । राजनीतिक वैचारिक मुद्दामा फरक मत भएर नै दुइवटा पार्टी भएका हुन्, नत्र दुईवटा पार्टी नै हुने थिएनन्, आ-आफ्ना राजनीतिक एजेण्डा हुन्छन । हामीले चुनावको विषयमा साझा आचारसंहिता बनाएर अगाडि बढ्छौँ ।

चुनावी सभामा संघीयताको विरोध गर्न पाइँदैन । लिखित सम्झौता बनाएका हौँ । यो त सामान्य कुरा हो । निर्वाचन अवधिभर उहाँहरु संघीयताको विरोधमा जानुहुन्न । अहिले त्यो मुद्दा चुनावको बेलामा एजेण्डा बन्दैन, संविधान विपरितको कार्य गर्ने कुरा पनि भएन । अघिल्लो निर्वाचनको तालमेलकै निरन्तरता हो ।

उमेदवार को भन्नेभन्दा पनि हिजोको वामपन्थी तालमेललाई इमानदारीका साथ बोकेर अगाडि बढ्छौँ । फरक राजनीतिक एजेण्डाले चुनावलाई कत्तिको प्रभाव पार्छ त भनेर बाह्रखरीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापासँग पनि कुराकानी गरेको थियो । थापाले पनि एकल कार्यक्रम नभएको हुँदा संघीयताको कुरा चुनाव अवधिभर नगर्ने बताए ।

"यो हाम्रो एकल कार्यक्रमको सन्दर्भमा संघीयताकै कुराहरु गर्छौँ । यो हाम्रो र नेकपाको संयुक्त कार्यक्रम हो, हाम्रो उमेदवारको सन्दर्भमा हामीबिच आचारसंहिता बन्छ र त्यसकै आधारमा संघीयताको कुरा हामी पनि गर्दैनौँ, उहाँहरुले पनि थप व्याख्या, विश्लेषण केही गर्नुहुँदैन् ।

हामीले हाम्रो एजेण्डा छाडेका होइनौँ, एजेण्डको हकमा हामीसँग संघीयताबाहेक अरु पनि छन् नि । संयुक्त कार्यक्रम गर्ने बेलामा त पार्टनरलाई चित्त नबुझ्ने कुरा त त्यहाँ गर्नुभएन । त्यसकारणले हामी दुवैपक्षको बिचमा जे सहमति बन्छ, त्यही गर्छौँ ।

एकल कार्यक्रममा, हाम्रो मात्र राजनीतिक कार्यक्रम, सभा सम्मेलनमा हामीले संघीयताको कुराहरु गर्छौँ । जब दुई पार्टी बिचमा समीकरण हुन्छ, हामीले जे एजेण्डा बनाउँछौँ, त्यही विषयमा छलफल हुन्छ । हामीलाई चित्त नबुझ्ने कुरा उहाँले र उहाँलाई चित्त नबुझ्ने कुरा हामीले गर्नु भएन नि । चुनाव जित्ने कुराहरु गछौँ, जनताको चासोका विषयमा छलफल गर्छौँ । एकल कार्यक्रमको बारेमा हामीले हाम्रै पार्टीका नीति कार्यक्रमकै कुरा गर्छौं ।’

बागीको डर

वाम तालमेललाई बाग्लुङमा बागीको पनि डर छ । पूर्वमाओवादीका तर्फबाट शेरमान घर्तीले पनि उम्मेदवारी दर्ता गराएका छन् । घर्ती ०७४ को स्थानीय तह निर्वाचनमा बुर्तिवाङ नगरपालिकामा मेयर पदमा पराजित समेत भएका थिए ।

नेकपा र राजमो दुवै उनको बागी फिर्ता गराउने कसरतमा छन् । राजमोका अध्यक्ष थापा भन्छन्, “मलाई लाग्छ, बागी उम्मेदवार पनि नेकपाको जिम्मेवार साथी हो । हामीसँग पनि लामो समयसम्म सहकार्य गरेको, हामीले गाउँको अध्यक्ष बनाएका मान्छे हुन । कतिपय विषयवस्तुमा उहाँको पनि असन्तुष्टि चित्त दुखाई होला । तर कांग्रेसलाई जिताउनको लागि उहाँ आफूलाई कारक बनाउनुहुन्छ जस्तो मलाई लाग्दैन । उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्छ होला, फिर्ता लिन नेकपाको सिंगै टिम लागेको छ । लामो पृष्ठभूमि भएको, स्थानीय तहमा मेयरको उम्मेदवार भएको मान्छे, १४-१५ सय भोट ल्याएको मान्छे, उहाँले राजनीतिको अवसान गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ।”

बिहीबार नै नेकपाका अध्यक्ष प्रचण्डले पोखरामा पत्रकारसँग कुराकानी गर्दै उम्मेदवारी फिर्ता गराउने बताएका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC